जनता आफुलाई बिक्रि गर्ने कहिले सम्म ? : रामबाबु सिंह (सिराहा)

Loading

people’s News Siraha : देशमा कोरोना माहामारीको अवस्था भहावय भै रहदा देशका राजनेताहरु आफनै खेलमा मस्त रहेका देखिन्छ । सरकारको अवस्था गम्भिर हुँदा सत्ता जाने डरमा नेताले आफनै तरिका अपनाएर सत्ता टिकाउने खेलमा लागे । देशमा हुने आन्दोलन कुनै पनि सक्कली नरहेकाबेला बेला भान हुने गर्दा पनि आज आएर एक जना सहभागीले आन्दोलनको बास्तविकता बाहिर ल्याए उनका अनुसार नेता तथा सह नेताहरुले सोझा साझा जनातलाई विभिन्न प्रलोभन ददिइ आन्दोलनमा जान तयार पार्ने गरेको छ । देशको अवस्था हेर्दा नेता भन्दा बढी गल्ति जनताको हुने गरेकोछ । हालै भएको आन्दोलन बास्तविक नभइ पार्टीद्वारा परिचालित भएको देखियो । जसमा नेकपा एमालेकको छाप भएको एक किसिमको चिट हो जुन आन्दोलनमा आवद्ध भए वापत पाउने खानाको विल हो । जो आन्दोलनकारीले खाने तथा पार्टीले वि तिर्ने गरि एक अर्का विच सम्झौता भइ सडक तताउने कार्य गर्ने गर्छ । के यसरी मासु, रक्सी खाएर आन्दोलनमा जाँदा देश प्रगति गर्छ त ? कहिले सम्म जनात आफुलाई बेचेर नेताको पाउमा ढोग गर्ने त्यो अन्यौल छ किनकी नेपालमा अहिले सम्म पनि जनतामा बुद्धि विवेक आइ पुगेको छैन जसको कारण जनात देशलाई सही बाटोमा हिनाउनुको सट्टा गलतबाटोमा लाने तिर बढी देखिन्छ । जनताको यही विवेकहिनको कारण नेपालको स्थिती गम्भिर हुँदै गर्दा पनि कहि कतैबाट आवाज नउठनुले पनि देशमा जनात सबै मरी सके की जस्तो भान हुन्छ । जनातलाई गलतबाटोमा डो¥याएर सत्ता भोग गर्ने चलन नै चलिसकेको छ । नेताद्वारा सहिदको नाम्मा जनता मार्दा मर्न लगाउदा पनि खासै फरक देखिदैन जनता पनि त्यस्तै गर्न गराउन रुचाउछन । देश र जनताको हितकालागि पहिले उहिले र हाल समम कुनै पनि पहल नभएको त प्रस्टै छन् । चुनाव होस, पार्टीको भेला होस, आम सभा होस, पार्टीलाई चर्चामा ल्याउनका लागि रचिने प्रपञ्च होस वा देशको नाम्मा गरिने आन्दोलन होस हरेकमा जनता आफुलाई बिक्रि गरेको पनि प्रष्ट छ । फोटो साभार फेसबुकवालबाट