नेकपाको इशारामा सरिता गीरीलाइ गरिएको कार्वाही असोक यादवद्धारा आरोप

Loading

Peoples News/ktm : मधेशीवादी दलको रुपमा आफूलाई चिनाउने जनता समाजवादी पार्टी बास्तवमा मधेश र मधेशी प्रति जिम्मेवार नरहेको देखिएको छ । मधेशी जनताको हकअधिकारको लागि हरेक क्षण लडिरहने भन्नेले उल्टै खसवादी पार्टीको ईशारामा नाच्ने गरेकोले पनि मधेशी जनता हरेक कुराबाट वञ्ति हुँदै आएको छ । पाएको हक अधिकार आफै खोस्नु दुःखद कुरा हो । पार्टीको नाम र काम मधेशबादीको तर व्यवहार खसबादीको गुलामी गर्ने संदर्भ सरिता गिरी जे जस्तो गरेपनि ओली, प्रचण्ड , देउवा जस्तो देश बेचेका त पकै छैन । तर पनि सरकार चलाएकै छन खै उनका पार्टीले प्रधानमंत्री पद र संसद पदबाट हटाएको तर यहा जसपाले सरिता गिरीलाई संसद पद मात्र हैन अपमान गरेर पार्टीको साधारण सदस्यबाट हटाउनु जसपाकोलागी आउने चुनावको मधेशबाट खतराको घण्टी आफै बजाएर पतनको बाटो ल्याएको नै हो । सरिता गिरीलाई कसैको डर र त्रासबाटै संसद पदबाट हटाउनु औचित्यहिनन काम कर्तव्य हो । यस विषयमा उपेन्द्र यादवले आफनो बुद्धी विवेक भन्दा पनि खस महिमाको गुलामले गर्ने जस्तो काम गरे । पार्टीका अन्य नेतागणहरुले पनि त्यसमा आवाज नउठानुमा पनि जसपामा खसको कव्जा हो कि भान हुने गरेको छ । जसपामा भएका हरेक नेता, कार्यकर्ता, सांसद सबै खसकै इसारामा चल्ने भएकोले पनि आज सरिता गिरीको हकमा हुन गएका हुन । आम आदमी पार्टी नेपालले जसपाको यसकार्यको घोर भ्रत्सना गर्दछ ।