![]()
peoples news : काठमाडौँ, असार : बिदेशबाट आउने नेपालीका लागि सरकारद्वारा कोरोना परिक्षणको भरपर्दो परिक्षण नरहेकोले बिदेशबाट आउने नेपाली आफनो जिल्ला पुगे पश्चात गाउँघरमा हेलमेल पश्चात मात्र कोरोना पुष्टिले पनि सरकार कति भ्रष्ट रहेकोछ भन्ने प्रष्ट हुन्छ । सरकारले आफनो मातहतमा रहेको एयरलाइन्सहरुलाई महङ्गो भाडादरमा नेपाली भित्राउन दिएको मञ्जुरी जस्ले गर्दा नेपालमा आउनेहरु हरेकलाई घर पुगे पश्चात कोरोना पुष्टि भएको हुदै आएको छ । भारतबाहेक अन्य मुलुकबाट नेपाली नागरिक स्वदेश फिर्ता आउने क्रम बढेको छ । असार २२ गतेसम्म २० हजार ३१ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमणका कारण विदेशका विभिन्न मुलुकमा अलपत्र परेका नेपाली स्वदेश आउने क्रममा सोमबार मात्र ८७८ जना नेपाली नागरिक स्वदेश फर्केको कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टरले जानकारी दिएको छ । जस अनुसार बहराइनबाट १४८ जना, कुवेतबाट ३१६ जना, साउदी अरबबाट २५९ जना र मलेसियाबाट १५५ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये उच्च ज्वरो आएका एकजनालाई एयरपोर्टबाट सीधै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
सेन्टरका अनुसार असार २२ गतेसम्म सबैभन्दा बढी कुवेतबाट चार हजार ३११ जना स्वदेश फर्केका छन् । त्यसपछि बढी सङ्ख्यामा युएइबाट तीन हजार ५९६ जना, साउदी अरेबियाबाट दुई हजार ८०८ जना, कतारबाट दुई हजार २५६ जना र मलेसियाबाट एकहजार ९६५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । त्यस्तै, बङ्गलादेशबाट ८४१ जना, माल्दिभ्सबाट ७०९ जना, जापानबाट ४९२ जना, अष्ट्रेलियाबाट ४८३ जना, अमेरिकाबाट ४२३, बहराइनबाट ५६८, थाइल्याण्डबाट ३२६ जना र ओमानबाट ३१३ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । त्यस्तै बेलायतबाट २२९ जना, दक्षिण कोरियाबाट २२८ जना, सिङ्गापुरबाट १४६, इजरायलबाट १२७, हङकङबाट ८९, पाकिस्तानबाट ७२ जना नेपाली स्वदेश फर्केको सेन्टरले जनाएको छ । त्यस्तै कम सङ्ख्यामा नेपाली नागरिक स्वदेश फर्केका देशमध्येबाट म्यानमारबाट २६ जना, अफगानिस्तानबाट १८ जना, श्रीलङ्काबाट पाँच जना नेपाली नागरिक स्वदेश फर्केका हुन् । प्रदेशगत रुपमा सबैभन्दा धेरै बाग्मती प्रदेशका छ हजार १०४ जना नेपाली नागरिक स्वदेश फर्किएको सेन्टरले उल्लेख गरेको छ । त्यसपछि प्रदेश नम्बर १ का तीन हजार ७२९ जना, प्रदेश नम्बर ५ का तीन हजार ३९१ जना स्वदेश फर्केका छन् । त्यसैगरी, प्रदेश नम्बर २ का दुई हजार ९८४ जना, गण्डकी प्रदेशका दुई हजार ४२९ जना, सुदूरपश्चिम प्रदेशका ४६० जना र कर्णाली प्रदेशका ४०८ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । सोमबार स्वदेश फर्केका नेपाली नागरिकलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षणसँगै व्यक्तिगत विवरण सङ्कलन गरिएको जनाइएको छ । अझै पनि विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने क्रम जारी रहने जनाइएको छ ।
You must be logged in to post a comment.