जनात भन्दा पनि राज्य ठुलो ओलीको सोचले सिर्जित अहिलेको सरकार असोक कु. यादव

Loading

Peoples news : असोक कुमार यादव : केन्द्रीय अध्यक्ष-आम आदमी पार्टी नेपाल : देश कोरोना र बेरोजगारीको सामना खेपिरहेका बेला सरकार भ्रष्टचार र सत्तासुख मै लिप्त रहेको देखिदा जनात खिन्न भएका छन । हरेक जनातमा यस सरकार प्रति एक किसिमको बितृष्णाा उतपन्न भएको छ । एमसिसि, कालापानी, सगरमाथा, भ्रष्टाचार, कोरोना माहामारी समेतमा सरकारको बिरोध मात्र भए । कही कतै बाट सरकारको प्रशंसा चाही भएन हरेक देशमा सरकार हुन्छन तर नेपाल जस्तो सरकार र नियमकानुन अरु कतै देख्न र सुन्न पाइएको छैन । देशमा पार्टीमा, सदनमा, हरेक क्षेत्रमा जनताको सुखसुविधा भन्दा पनि आफनो स्वार्थकालागि मात्र व्यस्त रहे नेता मन्त्रीहरु साथै नेकपामा प्रचण्ड र प्रधानमन्त्री ओली सताकोलागि लडिरहेको अवस्था पनि उतिकै छ । यता प्रदेश सरकारका बजेट सक्नकोलागि गुणस्तरहीन काम गरी भ्रष्टाचारी गर्ने चलखेल उतिनै बढदै गएको छ । यातायात व्यवसायीहरूको समस्या बिभन्न छ लामो समयदेखि यातायात व्यवस्था थप भएको कारण व्यवसायीहरू तिर्नुपर्ने रिऋको व्याजमा आत्महत्या गर्नेको संख्या पनि गम्भीर रहेको अवस्था आईसकेको छ । गरीब जनता भोकमारीले मर्ने बेला आईसक्यो तर कम्यनिष्ट सरकार सताको लडाईमा मात्र व्यस्त भै रहदा सरकार जनातकोलागि भन्दा पनि आफुमात्र बाँचौ जनता भन्ने आइ रहन्छ गइरहन्छ भन्ने सोचमा मात्र राज गरेको भान जनमानसमा हुन थालेको छ ।