![]()
Peoples News
Report :Abbulaish Ansari/Birgunj
पर्सा क्षेत्र न.२ का सांसद बिमल प्रसाद श्रीबास्तवका प्रतीनिधि पुरुषोत्तम झाले आज बहुदरमाइ नगरपालिका का नगरप्रमुख नितेन्द्र साह विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन । सांसद श्रीवास्तवको सन्सदिय बिकास कोषको रकमबाट बहुदरमाइ नगरपालिका क्षेत्रमा निर्माण भइरहेको प्रबेशद्वार, लाइट जडान जस्ता कार्यमा नगर प्रमुख साहले अवरोध गरिरहेको र आफ्नो नगर क्षेत्र भित्र कुनै पनि गैर राजनीतिक दलका सांसद वा सांसदलाई बिकास गर्न नदिने मन्साय विरुद्ध उजुरी परेको र यस सम्बन्धमा अबिलम्ब सरकारबाट कुनै कार्वाही नगरे त्यस क्षेत्रमा स्थिती भहवय हुन सक्नेछ । उजुरी दर्ता गर्न पुगेका टोलि मध्ये एक जनता समाजबादि पार्टीका नेता शिव पटेलले जानकारी गराउनु भयो । जग्गा बिनाश गरि कमाउ धन्दामा मात्र तल्लिन रहेका गैर राजनितीक ब्यक्ति मेयर साहमा बिकास बारे ज्ञानको अभाव भएकोले यश नगरपालिका भित्र बिकास बारे पटक पटक बिबाद भइरहेको चर्चा गर्दै नेता पटेलले नगरपालिका भित्र सडक नभइ आम जनता हिलोमा हिन्न बाध्य भै रहदा पनि त्यस तर्फ प्रतिनिधिहरुको ध्यान नजानु नेतिक्ता पतन भएको जस्तो देखिन्छ । अस्पतालको अवस्था जिर्ण भएकोले क्वारेन्टाइन बिधालयमा रहेको स्मरण गराउँदै नगर प्रमुखले अनावश्यक झमेला खडा न गरि सबैलाइ बिकास गर्न सहज बताबरण बनाउन आग्रह गर्नु भयो । उजुरी दिन सांसद प्रतीनिधि पुरुशोतम झा संगै सांसद पिए चन्दन मिश्र, जनता समाजबादी पार्टीका नेता शिव पटेल, रामनरेश यादव, तबरेज आलम लगायतका नेता जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
You must be logged in to post a comment.