कोरोना : परनिर्भताका कारण जनता मृत्युको मुखमा जादैं : असोक कु. यादव

Loading

Peoples News : आम आदमी पार्टी नेपाल केन्द्रीय अध्यक्ष अशोक कुमार यादव ज्यूको बिचारमा लकडाउन त खुकुलो गरियो तर कोरोना वाइरस रोकथाम कसरी रोकथाम गर्ने त्यसको बारेमा सरकार पूर्ण रुपमा असफल भएको छ । कोरोना रोकथाम गर्न एकमात्र उपाय हो प्रर्याप्त मात्रामा कोरोना परिक्षण । हेर्ने हो भने सरकारको साथै नेपाली जनतालेपनि आफ्नो सुरक्षा आफैंले गर्नु पर्ने हो । अहिले हेर्ने हो भने सबभन्दा बढी संक्रमण तराईको दुई नम्बर प्रदेशमा हो यसको कारण मधेशी जनताहरूको लापरवाही पनि उतिकै देखिन्छ । तराईमा कोरोनालाई अब मजाकको रूपमा लिन थाले जनताले जसको परिणाम तिब्र गतिमा संक्रमितको संख्या बृद्धि हुदै गईरहेको छ भाइरस ।

तराईको जनता बिना माक्स घुम्छन जसले गर्दा दिन दिनदिनैको अवस्था गम्भीर हुदै गईरहेको छ। नेपाल सरकार र प्रदेशले यसप्रति खासै चासोपनि देखाईरहेको छैन । कोरोना रोकथाम गर्न तराइका जिल्लामा दरो कानुन लागु गर्न जरुरी देखियो अन्यथा संक्रमितको रोथाम गर्न सरकरालाई धौ धौ पर्न सक्ने छ । जबसम्म नेपाली नागरिकहरूले यस करोना वाइरस प्रति सचेत हुन सतर्कता अपनाउदैनत्यतीबेला सम्म सरकारलेपनि केही गर्न सक्दैन किन कि सरकार त पहिले नै पुर्ण रूपमा असफल भैईसकेको छ । नेपालमा विगत २४ घण्टामा थप ३८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

सँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,५९१ पुगेको छ । तीमध्ये १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ । अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड १९ भएका व्यक्ति फेला परेका छन् । सरकारले सोमवार पुष्टि गरेको सङ्क्रमितको सङ्ख्या ४५१ थियो । त्यसैगरी शनिवार र आइतवार क्रमश दुई जनाको मृत्यु तथा २७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
के छ अरू तथ्याङ्क स् मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,०५५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १,४३,७३८ हजार नौ पुगेको छ । क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ । अहिले देशभरि १,३१,००९ व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा र त्यसपछि क्रमस प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन् ।

अहिले देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुने गरेको छ । तर संक्रमितलाई नियन्त्रणमा लिन कठिन भै रहेको देखिन्छ । हरेक जिल्लामा जनता सरकारमा निर्भर रहेकोले पनि संक्रमितको संख्या बढनु स्वभाविक नै हो । आफनो सुरक्षा आफै गरौं भन्न् भन्दा पनि सरकारले हाम्रो रक्षा गर्ने गरि परिजिवि जस्तो अरुमै निर्भर रहेकोले पनि हो यस्तो अवस्था देमा सृजना भएको ।