के कर उठाउनकालागि मात्रखुलेका हुन त सरकारी कार्यालय ?

Loading

People’s News : लकडाउनको ८३ औं दिनपछि सोमबारदेखि सरकारी कार्यालयहरु खुलेका छन् । त्यसैगरी गैरसरकारी कार्यालयहरु पनि सोमबारदेखि संचालनमा आएका छन् । सरकारले गरेको निर्णय अनुसार दुई सिफ्टमा संचालन हुने गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् । विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् । सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् । लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ । कार्यालय प्रवेश गर्नु अगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ ।

हात धोएर मात्र सरकारी कार्यालयहरुमा प्रवेश गर्न पाइने र कार्यालय भित्र पनि भौतिक दुरी कायम गर्नु पर्ने व्यवस्था गरिएको छ ।सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नु पर्ने छ । गत २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले १ असारबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो भए पनि मानिसको बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्तबाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन लगायतका गतिबिधीहरु बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ । पैदल आवत जावत गर्नेहरुको संख्या सडकमा बढेको देखिन्छ ।