बैंक तथा सहकारीबाट ऋण लिएर ब्यवसाय गर्नेहरुलाई ऋण तिर्नु पर्ने समस्याले थप चिन्ता

Loading

pnews : कोरोना महामारीको कारण जनतामा व्यापक निराशा छाएको छ । यस माहामारीको समयमा द्ययापार व्यावसाय बन्द भएका कारण अधिकान्सलाई घर खर्चको लागि उनी धौ धौ पर्न थालेका छन् । सरकारबाट कुनै सहयोग नहुनुमा पनि जनता अवको समयमा भोकमरीको समस्याले मर्ने कि भन्ने लाग्न थालेको छ । झन बैंक तथा सहकारी एवं वित्तिय संस्थाबाट ऋण लिएर ब्यवसाय गर्नेहरुलाई झन ऋण तिर्नु पर्ने समस्याले थप चिन्ता बढाएको छ । बैक तथा सहकारीहरुले आफूखुसी साँवा ब्याज कटाउन थालेपछि ब्यपारी मारमा परेका हुन् । कोरोनाभाईरस लाग्यो भने त जसलाई लाग्यो त्यो त मर्ने नै भयो तर मध्यमबर्गिय ब्यापारीहरु बैंकको ब्याज, किस्ता, स्टाफहरुको तलब , दोकान, गोदाम, घर भाडा , बिजुली, पानीको बिल, घर खर्च लगायतको अभावले पनि मर्ने भए । यो बर्गको बारेमा सरकारले वा सम्बन्धित निकायले समय मै नसोचे देशमा कोरोना भन्दा पनि जनतामा आउने निराशाबाट मर्नेको माहामारी तिब्र हुन सक्ने जानकार बताउछन । कोरोना भाइरसको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ पटक सम्बोधन गर्दा पनि बैकको साँवा ब्याजको बिषयमा नबोलेपछि ब्यवसायी झन चिन्तित र आक्रोशित भएका हुन् ।