एक पुरुष उपचारका क्रममा बाथरुममा झुण्डिएर गरे आत्महत्या

Loading

pnews : काठमाडौं : बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले उपचारका क्रममा आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला बिहीबार क्वारेन्टाइनमा आत्महत्या गरेको त्यहाँस्थित नेपाली दूतावासले बताएको छ । उनी स्थानीय एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले क्वारेन्टाइनभित्रको बाथरुममा झुण्डिएर  नेपाली कामदारले ज्यान गुमाएको बताए । बहराइनमा शुक्रबार साँझसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित अन्य दुई जनाले छतबाट हामफालेर आत्महत्या गरेको बताइएको छ । राजदूत सुन्दासले बहराइनमा हालसम्म संक्रमित ३ सय ३१ जना नेपाली मध्ये धेरैजसो उपचार पछि निको भइसकेको भन्दै संक्रमितको उपचार राम्रो र विश्वसनीय रहेकोले आत्तिने अवस्था नरहेको भन्दै सतर्क भई बस्न नेपाली समुदायलाई आग्रह गरेका छन् । https://madhyanhadaily.com/post/14331