ट्रम्पद्वारा दिइएको धमकीका कारण ट्वीटरले ट्रम्पको ट्वीट नै हाइड गरे

Loading

pnews : एजेन्सी : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले गरेको ट्वीट नै प्रत्यक्ष नदेखिने गरी ‘हाइड’ मा राख्न थालेको छ । ट्रम्पको ट्वीटले हिंसालाई प्रशंषा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले ‘हाइड’ गरिएको ट्वीटरले जनाएको छ । राष्ट्रपति ट्रम्पले गरेको ट्वीट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरिएको थियो । त्यो ट्वीट पनि ट्वीटरले हाइड गरेको छ । हाइड गरिएको ट्विट क्लिक गरेर भने हेर्न भने सकिन्छ । सामाजिक सञ्जाल ट्वीटरले ‘तथ्य–जाँच’ पछि ट्रम्पले ट्वीटरको आलोचना गर्दै आएका छन् । सोही घटनापछि उनले सामाजिक सञ्जालले पाइरहेको कानुनी सुरक्षा सिमीत गर्नेसम्बन्धी कार्यकारी आदेशमा समेत हस्ताक्षर गरेका छन् ।