![]()
pnews : काठमाडौँ । सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ । सरकारले प्रशासनिक खर्च कटौती गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो। सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको छ ।बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। उनले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाजा भत्ता खारेज हुने बताएका छन् । कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपङ्तिमा जुटेका कर्मचारीलाई बाहेक अन्यलाई आगामी आवदेखि कुनैपनि किसिमको भत्ता उपलब्ध गराइने छैन ।prasasan