![]()
Birgunj : कोरोनाको माहामारीमा हरेक क्षेत्र तनावग्रस्त भै रहदा विभिन्न देशबाट नेपालीहरु नेपाल फर्किन चाहे पनि हवाइमार्ग सेवा नहुँदा कति नेपाली बिदेश मै अलपत्र परेको अवस्था हुँदा पनि सडकमार्गको बाटोबाट नेपाल फर्किने नेपालीहरुको संख्यामा भने तिब्रता आएको छ । लकडाउन बढे लगतै हरेक क्षेत्रमा जनमानसहरुमा भोकमरीको त्रास फैलिदै गएको पश्चात सबै आ आफनो देश आ आफनो गाउँ फर्कने बिचारका साथ नेपाल आउने क्रम बढदा नेपाल सरकारले केही नाकाबाट नेपालीहरुलाई नेपाल आउन नाका खुल्ला गरेको छ । भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि सरकारले २० वटा नाका तोकेको छ । शुक्रबार बसेको कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । तोकिएका नाकाहरुमा पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका रहेका छन् । भारतबाट झण्डै तीन लाख नेपालीले तत्काल नेपाल आउन चाहेको सरकारले अनुमान गरेको छ । त्यस्तै सरकारले तेस्रो मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने छिट्टै प्रक्रिया थाल्ने भएको छ ।