पुर्खालाई थाहा थियो लिपुलेकबारे ओलीलाई थाहा नभएकोले उत्पन्न विवाद : अशोक कुमार यादव

Loading

अशोक कुमार यादव – केन्द्रीय अध्यक्ष : आम आदमी पार्टी नेपाल  : देशमा कोरोना वाइरस अहिले तीव्र गतिमा उकालो लाग्दै गरेको विधितैछ । जसमा तराईको अवस्था अति संबेदनशिल तथा गम्भीर रहेको छ । तराईमा दिनादुन कोरोना संक्रमितबढदै गएको अवस्था छ । अहिलेको अवस्थामा नेपाल एकदमै जटिल अवस्थामा रहेको छ कोरोना र सिमा विवाद एक साथ कोरोना वाइरसबाट जनता लडिरहेको बेला सिमाना बिबाद उतिनै बढदै गएको छ । जनता भोकभोकै लकडाउनको पालना गरिरहेका छन तर हाम्रो देशमा नेताहरू खास गरेर कम्यनिष्ट सरकारको नेताहरु र मधेशको नाममा भोट लिएर प्रदेश सरकार बनाउन सफल भएको पार्टी जसपा राहत को नाममा भ्रष्टाचारको बढावा दिएको छ । केन्द्र सरकार र प्रदेश सरकार बनाउनमा जनताको प्रमुख हाथ हुन्छ जनताले चाहे सतामा पुर्याउने नचाहे सडकमा समेत झार्न सक्ने क्षमता हुन्छ तर हाम्रो नेता ज्यूलाईहरुलाई स्वार्थी राजनीति र भ्रष्टाचार गर्नबाटै फुर्सद छैन । यस माहामारीबाट जनता त बच्न सक्ला तर भोकमारीबाट बाँच्न गाह्रो छ । हाम्रो पुर्खालाई थाहा छ लिपुलेक र कालापानी हाम्रै हो तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहै थिएन रे लिपुलेक हाम्रो नेपालको भुमि हो । पहिलै देखि यदि नेपाल सरकार र नेपाली सेनाले सिमानामा सुरक्षा दिईरहेको भए आज यस्तो अवस्था आउदैनथ्यो नेपालमा । जसको परिणाम एकातिर कोरोनासंग लडिरहेका छौ भने अर्को तिर सिमानाकालागि लडनेपनि अवस्था आईरहेको छ । नेपालमा आफ्नो फाइदाकोलागि मातृभूमिलाई बेच्नु पछाडि परेको छैन यहाँ ठुला दलका नेताहरु जनता सब हेरिरहेका छन क कसको के भुमिका छन त्यो आउने चुनावमा जनताले हिसाब अवश्य लिनेछ ।