नगरपालिकामा नेकपाको धर्ना

Loading

peoples News खोटाङ – नेपाल कम्यूनिष्ट पार्टीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा धर्ना दिएको छ। नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटीले मंगलबार दिउँसो नगरपालिकाको दुर्छिमस्थित कार्यालय अगाडि करिब आधा घण्टा धर्ना दिएको जनाएको छ।

बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट वडाले प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरिय योजनालाई लत्याइएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले नगरसभा बहिस्कारको घोषणा गरेको हप्ता दिनपछि नेकपाले धर्ना दिएको हो।

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगती समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपार्टी अन्त्य गर्न लगायतका माग राखे पनि बेवास्ता गरिएकाले धर्ना दिइएको नेकपा नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले बताए।

सम्वन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिइ कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजस्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको नेकपाको दाबी छ। आफ्नो मागलाई बेवास्ता गरेपछि आँफुहरु असार ३१ गतेको चौथो नगरसभा टुंगिनु अगावै बाहिरिएको दुर्छिमका वडाध्यक्ष तिवारीले बताए। savar nagrik patrika

Leave a Comment