कोरोनाभाइरस: महामारी अमेरिकामा सङ्कटकाल घोषणा

Loading

www.pnews.com.np : अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न “राष्ट्रिय सङ्कटकाल” घोषणा गरेका छन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ । उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ । कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो । कोरोनाभाइरस सुपर-स्प्रेडर जसले धेरै मानिसलाई रोग सारिदिन्छन् कोरोनाभाइरस महामारीसँग मिल्दोजुल्दो कथा भएको यो चलचित्र एक दशकअघि बनेको थियो अमेरिकामा १,७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड-१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ ।

अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन् । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड-१९ लाई विश्वव्यापी महामरीको सङ्ज्ञा दिएको छ । गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ । शुक्रवार विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युको दर ह्वात्तै बढेको बताएका छन् । इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ ।

ट्रम्पले के भने ? : सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए ।

  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के गर्ने, के नगर्ने?‘रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन’
  • नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
  • सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन् आगामी आठ हप्ता गम्भीर हुने उनको भनाइ थियो ।
  • सङ्कटकाल लगाएपछि : स्वास्थ्यमन्त्री र अन्य अधिकारीले केही कानुनी प्रावधानलाई खुकुलो पारिदिन सक्छन्। त्यसबाट स्वास्थ्यसेवा प्रदायकहरूलाई काम गर्न सजिलो हुन्छ अस्पतालहरूलाई आपत्कालीन तयारीका योजना लागु सक्रिय पार्न भनिएको छ अर्को हप्तासम्म थप पाँच लाख परीक्षण उपलब्ध हुनेछन्। तर आवश्यक नभएको खण्डमा परीक्षण नगराउन अधिकारीहरूको आग्रह गरेका छन् निजी प्रयोगशाला र खोप विकासकर्ताहरूले एक महिनाभित्र ५० लाख परीक्षण उपलब्ध गराउन सक्नेछन्। तर लक्षण नभएका मानिसले परीक्षण नगराउन अधिकारीहरूको सिफारिस छ । विद्यार्थीहरूले लिएको ऋणको ब्याज अर्को सूचना प्रकाशित नभएसम्म मिनाहा गरिएको छ ।  देशभरि विश्वविद्यालयहरू बन्द भएका छन् अतिप्रतिभावित राज्यका डेमोक्र्याट सांसदहरूले कङ्ग्रेसमा राष्ट्रपतिलाई सङ्कटकाल घोषणा गर्न आग्रह गरेका थिए। त्यसो गर्दा थप मानिसले सरकारी स्वास्थ्य बीमाको सुविधा पाउन सक्थे ।

पछि तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिसँग कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट प्रभावित भएका मानिसलाई सघाउन एउटा सहमति भएको बताएकी थिइन् । उक्त सहमतिअनुसार दुईहप्ते तलबी बिरामी बिदा र तीनमहिने तलबी बिदाको व्यवस्था तथा बीमा तथा खाद्यान्न सहयोग नपाएका मनिसलाई कोरोनाभाइरसको नि:शुल्क परीक्षण उपलब्ध हुनेछ । कोरोनाभाइरस नियन्त्रण गर्न विभिन्न देशमा नाटकघरदेखि विद्यालयसम्म बन्द विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ BBC

Leave a Comment