सप्तरी जिल्लामा रहेको कंकालिनी भगवती मंदिर एक परिचय

Loading

कंकालिनी मन्दिर सप्तरी जिल्लाको राजविराज देखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कंकालिनी नगरपालिकामा पर्छ । कंकालिनी मन्दिरमा भक्तजनहरूको मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुदा नेपाल र भारतका श्रधालुको ठूलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान् चाड दशैँमा ठुलो मेला लाग्ने गरेको छ ।

इतिहास : एतिहासिक किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए ।

महत्त्व : कंकालिनी मन्दिरमा मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको छ । यहाँ प्रत्येक दिन ५० वटा भन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन् । यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ । कंकालिनी मन्दिरमा श्रद्धालु भक्तजनको दिनहु भिड हुने गरेको छ ।

मन्दिर वास्तुकला : यो मन्दिरलाई नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँ रहेको मुख्य मन्दिर प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर रहेको छ । यस मन्दिरको पाँच स्तरको छाना रहेको छ । shrot online

Leave a Comment