कोरोनाभाइरस विश्वव्यापी महामारी : डब्लूएचओ

Loading

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाभाइरसको सङ्क्रमणलाई महामारीको संज्ञा दिएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो दुई हप्तामा चीनबाहिर १३ गुणाले कोरोनाभाइरसको सङ्क्रमण विस्तार भएको बताए । उनले चिन्ताजनक तहमा अनिर्णयको अवस्था रहेको भन्दै त्यसले आफूलाई गम्भीर बनाएको बताए । एकै समयमा एउटा रोग एक भन्दा धेरै देशमा फैलिएको अवस्थामा त्यसलाई महामारीका रूपमा चित्रण गरिन्छ ।

डब्लूएचओले के भन्यो ? :  डाक्टर टेड्रोसले महामारी भन्नुको अर्थ डब्लूएचओले देशहरूलाई चाल्नुपर्ने कदमका बारेमा दिएका सुझावमा परिवर्तन नगरिएको उल्लेख गरे । उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन देशहरूले ‘तत्कालै र आक्रामक स्तरमा’ कदमहरू चाल्नुपर्ने बताए । उनले कैयौँ देशहरूले यो भाइरसलाई दबाउन र नियन्त्रण गर्न सकिन्छ भनेर पुष्टि गरिरसकेको बताए । उनको अपिलसँगै कैयौँ देशहरूले भाइरसलाई नियन्त्रणमा लिन थप कदमहरू चालेका छन् ।

महामारीको अर्थ के हो ? बीबीसीकी फिलिपा रोक्सबी भन्छिन्, डब्लूएचओले विश्वव्यापी रूपमा देखिएको कोरोनाभाइरसको सङक्रमणलाई महामारी भन्नु ठूलो आश्चर्य होइन । केही समयअघि सम्म कोरोनाभाइरसको महामारी देखिने जोखिम वा सम्भावना रहेको भनेर भन्ने गरिएको थियो । तर १०० देशसम्म सङक्रमण विस्तार भएको र पीडितहरूको सङ्ख्या बढ्नुमा सङ्क्रमणग्रस्त देशबाट भएका यात्राहरू नजोडिएपछि महामारीको घोषणा गरिएको हो । डब्लूएचओले महामारी भन्नुको अर्थ यसलाई नियन्त्रण गर्न सकिँदैन भनिएको होइन ।

  • कोरोनाभाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघ्यो कोरोनाभाइरस सङ्क्रमणबारे संसद्‌मा सरकारको चर्को आलोचना सङक्रमणको सङ्ख्या जति ठूलो देखिए पनि कदमहरू चाल्न र हरेस नखान गरिएको आग्रहका रूपमा यसलाई बुझ्नुपर्ने फिलिपा रोक्सबी बताउँछिन् । डब्लूएचओले नेपालसहित विश्वका विभिन्न देशहरूलाई कोभिड-१९को चुनौतीसँग जुध्न मद्दत गर्दै आएको छ ।

  • नेपाललाई कोरोनाभाइरससँग जुध्न मद्दतको प्रतिबद्धता  नेपालस्थित डब्लूएचओको कार्यालयका सूचना अधिकृत सुजन गोविन्द अमात्यका अनुसार विश्वभर स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि प्रयोग हुने पीपीइ र कोरोनाभाइरसको सङ्क्रमण जाच्न प्रयोग हुने किटहरूको नेपालका लागि पनि चुनौती रहेको छ । उनले डब्लूएचओ नेपालले कोभिड-१९ सँग जुध्न गठन गरिएको स्वास्थ्य ‘क्लस्टर’ अन्तर्गत निम्न सहयोग गरिरहेको उल्लेख गरे।

  • स्वास्थ्य मन्त्रालयलाई विश्वव्यापी र क्षेत्रीय निर्देशन अनुसारको रणनीतिक र प्राविधिक सुझाव उपलब्ध गराएर कोरोनाभाइरससँग जुध्न देशविशेषको प्राविधिक मार्गनिर्देशन र उपचारविधि तय गर्ने तत्काल सङ्क्रमण पुष्टि गर्न निगरानी अभिवृद्धि, जोखिम मुल्याङ्कन, द्रुत प्रयोगशाला परीक्षण, सङ्क्रमण नियन्त्रण र क्वारन्टीन, अस्पताल पूर्वतयारी र स्वास्थ्यकर्मीको तालिम जस्ता विषयमा संयन्त्रलाई चुस्त दुरूस्त राख्न मद्दत गर्ने पूर्वतयारी र प्रतिक्रियाका लागि आवश्यकता अनुसार थप प्राविधिक जनशक्ति उपलब्ध गराउने पीपीइ जस्ता स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका पोशाक, परीक्षण किट र प्रयोगशालामा प्रयोग हुने अत्यावश्यकीय सामाग्रीमा देखिएको अभाव पूर्ति गर्न मद्दत गर्ने

  • विश्वव्यापी अनुभव अनुसार सम्भावित आपत्कालीन अवस्थाका लागि प्रभावकारी रूपमा योजना बनाउन र तयारी गर्न स्वास्थ्य मन्त्रालय र त्यस मातहतका निकायलाई सहयोग गर्ने कोभिड-१९ सँग सम्बन्धित आपत्कालीन कार्य सञ्चालनको कार्यान्वयनका लागि नेपाल सरकारका मन्त्रालयहरू, राष्ट्रसंघीय निकायहरू, देश बाहिरका विकास साझेदारहरू र मानवीय साहयता समूहसँग समन्वय गर्ने अरू स्वास्थ्य साझेदारहरूसँग सहकार्य गर्ने डब्लूएचओको नेपाल कार्यालयले आफूसहितका साझेदारहरू मौसमी वर्षा र भूकम्पका समयमा प्रयोग गरिएका संयन्त्रमार्फत हासिल भएका शिक्षाका आधारमा कोरोनाभाइरसको चुनौतीसँग जुध्न बनाउँदै गरिएको कोभिड-१९ आपत्कालीन कार्य सञ्चालन योजनाको कार्यान्वयनमा सघाउन प्रतिबद्ध रहेको जनाएको छ।

बुधवारसम्मको विवरण अनुसार नेपालमा हालसम्म गरिएको ४४७ वटा परीक्षणमध्ये एक जनामा मात्रै कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । कोरोनाभाइरस परीक्षणका लागि ७ वटा प्रदेशका ४३ वटा नाकामा हेल्थ डेस्क राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । BBC

Leave a Comment