कोरोना सर्ने एक मात्र माध्यम हात र मुख रहेको चिकित्सकद्वारा सचेत रहन चेताबनी

Loading

काठमाडौ । अहिले विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिएको छ । यो महामारीको नेपाल अति उच्च जोखि क्षेत्र रहेको भन्दै चिकित्सकले अंकमाल नगर्न र हात नमिलाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो भाइरस एक अर्काबाट सहजै सर्ने र यसको प्रमुख माध्यम भनेको हात, मुख नै रहेकाले जोगिन सचेत गराएका छन् ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले “ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, तत्काल कोरोना भाइरस परीक्षण गराउँन, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक रहेको वताएका छन् ।

यसैगरी डा. भगवान कोइराला भन्छन् सहरमा धुवाँ धुलो, प्रदूषण भएको सबैमा ज्ञान छ । आफू रोगी बन्दै गएको पनि थाहा छ । खानपानमा ध्यान दिनुपर्ने विषयमा बहस गरिरहेका हुन्छौँ । तर, आफैँमा लागू गर्दैनौँ । जुन सबैभन्दा ठूलो समस्या हो । सहरमा हरेक ठाँउमा स्वास्थ्य संस्था सजिलै उपलब्ध छन् । तर, बिरामी नभई स्वास्थ्य परीक्षण गर्न जाँदैनौँ । चिकित्सकको सल्लाह एकदमै थोरैले मात्र मानिरहेका हुन्छन् । अब बानी बदल्नुपर्छ । नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । चिकित्सकको परामर्श अनिवार्य लागू गर्नुपर्छ । नत्र कतिबेला के भइरहेको छ थाहा हुँदैन । भित्र भित्रै अन्य रोगले च्यापेको हुन्छ । अनि मौसमी भाइरल, अहिले जटिल बनेको कोरोनाले नै जीवन टपक्कै टिपेर लैजान्छ । यसैले जाँच गराउँन नहिच्किचाउनुहोस् ।

काठमाडौँ लगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच–एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो । यो अहिलेपनि छ । अझ अहिले यो मौसमी भाइरल हो की कोरोना भाइरस भन्ने छुट्याउँनै गाह्रो छ । लक्षण झण्डै उस्तै छ । यसैले केही संकेत देखिनासाथ जचाँउन चिकित्सकको अपिल छ

निर्देशक आचार्य कोरोना भाइरस कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनको सुझाव छ । “सामान्य मौसमी रुघाखोकी भन्दा यो भाइरस निक्कै जटिल भएकाले डराउँनुभन्दा पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उनले भने । विगतमा सुँगुरबाट (एच–एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ ।

सिजनल इन्फ्लुएन्जा (एच–एन१) पनि यो मौसमको प्रमुख कारण हो । तर यो भन्दापनि जटिल कोरोना बनेर आएको छ । यो भाइरसपनि कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए । केही वर्षयता एच१ एन १ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको थियो नै अहिले अर्को जटिलता कोरोना भाइरस आएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीका बिरामी आउने गरेका छन् । डा पुनले एच १ एन १ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए । बिरामीमा निमोनिया देखिने गरेको छ । यो फ्लू हो । तर फ्लू की कोरोना भन्ने छुट्याउँन जाँच नै गर्नुपर्दछ ।

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समय र भारी बर्षा हुने समयमा फ्लू देखिने भए पनि अहिले कोरोना भाइरसले च्यापेको छ । यो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमितपनि उत्तिकै छन् ।

क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी मौसमी फ्लू र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।

योपनि पढ्नुहोस्

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित गरी वडा कार्यालयले कोरोना भाइरसबारे सेचत पार्न थालेको हो ।

मेलामा आउने श्रद्धालुलाई मास्कको प्रयोग गर्न, हात नमिलाउन र टाढैबाट नमस्कार गर्नका लागि सन्देश प्रवाह गर्ने कार्य अगाडि बढाइएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । प्रत्येक वर्ष शुक्लपक्षमा लाग्ने मेला भर्नका लागि कञ्चनपुर, कैलालीसहित भारतीय दर्शनार्थीको उल्लेख्य सहभागिता रहने गरेको छ ।

“मङ्गलबार रातिदेखि बुधबार दिउँसोसम्म मेला लाग्ने भएकाले मेला लाग्नुअगावैदेखि प्राणघातक कोरोना भाइरसबारे मेलामा सहभागी हुन आउनेलाई सचेत पार्ने कार्यसँगै सो भाइरसको लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नसमेत भन्दै आएका छौँ”, वडाध्यक्ष महराले भन्नुभयो । मेलाको सबै तयारी पूरा भएको छ । मेला लाग्ने क्षेत्रमा पुग्ने दर्शनार्थीका लागि सहज व्यवस्थाका लागि सरसफाइसँगै पसल राख्ने ठाउँ निर्धारण र यातायातका साधन पार्किङ गर्ने ठाउँको व्यवस्था मिलाइएको छ ।

मेलामा राखिने पसल दर्ताको कामसमेत शुरु गरिएको छ । सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विभिन्न क्लबमा आबद्ध युवाले मेला लाग्ने क्षेत्रमा सरसफाइ गरेका छन् । सडक मर्मतको कामसमेत पूरा गरिएको छ ।

वडा कार्यालयले मेलालाई व्यवस्थित र मर्यादित बनाउन सवारीधनी र यात्रुलाई ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेलास्थलमा धुमपान, मध्यपान बिक्री वितरण र प्रयोगमा समेत रोक लगाउने निर्णय गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।

जुवा, तास, कौडा, चिठ्ठाजस्ता गतिविधि गर्न नपाइने, मेला लाग्ने स्थान वन क्षेत्रमा भएकाले वन्यजन्तुको बासस्थानमा खलल पार्ने काम नगर्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानेलगायतका कुराको प्रचारप्रसार गरी श्रद्धालुलाई सजग पार्ने निर्णयसमेत गरिएको उहाँले बताउनुभयोे । वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मेलामा प्रत्येक वर्ष दुई लाख बढी दर्शनार्थी मणिकाधाम क्षेत्रमा सिद्धनाथ बैजनाथबाबाको दर्शनका लागि पुग्ने गर्दछन् । मेलामा गए रातिदेखि नै व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारी पुग्ने क्रम जारी छ । मणिकाधाम क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

मणिकाधामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुडका नामले चिन्दछन् । धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूूलो तलाउ रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने गरेका कारण यस क्षेत्रको नाम मुडकाधाम रहेको स्थानीय बूढापाकाको भनाइ छ ।

थारू भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अपभं्रश भई मुडका भएको एकथरिको भनाइ छ । पहाडबाट मौसमीरूपमा बसाइँ सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रूपमा विकसित हुँदै गएको बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष भरतबहादुर ऐरले बताउनुभयो ।

आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर अवलोकन गर्ने र तराईको दृश्यावलोकन गर्न पाउँदा आनन्दित हुने गरेको समितिका सचिव डम्बरबहादुर ऐरले बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तरचुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थलका रूपमा समेत रहेको थियो ।

यसैगरी र्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो । सोमबारको बैठकका लागि सहभागीहरू सबै आइपुगेका थिए । जर्मन चान्सलर एन्जेला मर्केल बैठक कक्षमा प्रवेश गरेलगत्तै उनले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोजिन्, तर सिहोफरले हात मिलाउन अस्वीकार गरे ।

जर्मन चान्सलर एन्जेला मर्केल ९बायाँ० सँग बर्लिन बैठकमा हात मिलाउन अस्वीकार गर्दै गृहमन्त्री हर्स्ट सिहोफर ।

गृहमन्त्रीले चान्सलरसँग हात मिलाउन नमानेपछि एकछिन् बैठक कक्षमा हाँसो चल्यो । मर्केल पनि मुस्कुराइन् र हात मिलाउन नखोज्नु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिइन् ।सिहोफरले चान्सलरसँग रिसाएर वा असन्तुष्टि पोख्न हात नमिलाएका भने होइनन् । उनले त विश्वभर फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट बच्न हात मिलाउन अस्वीकार गरेका थिए । बैठकअघि नै गृहमन्त्री सिहोफरले कोभिड–१९ को प्रकोपसँगै आफूले हात मिलाउन छोडेको पत्रकारसमक्ष बताएका थिए ।

उनको यस कदमलाई चान्सलर मर्केलले पनि मुस्कानसहित समर्थन गरेकी छन् । आइतबार मात्रै मर्केलले पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा हात नमिलाउन आग्रह गरेकी थिइन् । जर्मन चान्सलर र गृहमन्त्रीबीचको यो दृश्य एउटा प्रतिनिधि घटना भए पनि विश्वका कैयौं देशले अभिवादन गर्दा हात नमिलाउन आफ्ना नागरिकलाई आग्रह गरिसकेका छन् । युरोपेली राष्ट्र फ्रान्सले केही दिनअघि मात्रै हात नमिलाउन चेतावनी जारी गरेको थियो । जर्मनीले सार्वजनिक रूपमै यस्तो निर्णय नगरे पनि सोमबारको घटनाले जर्मन नागरिकलाई ठूलो सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोनाबारे जानकारी लुकाएको भन्दै दक्षिण कोरियामा धार्मिक नेतृत्वविरुद्ध मुद्दा
चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणको त्रास विश्वभर छ । हालसम्म ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या ९० हजार नाघेको छ । संक्रमणका आधारमा चीनपछि सबैभन्दा प्रभावित दक्षिण कोरियामा कोभिड–१९ फैलाएको आरोपमा सोमबार सिनचोनजी चर्चका नेतृत्वविरुद्ध हत्या अभियोगमा मुद्दा दायर भएको छ ।

‘सिनचोनजी चर्च अफ जेजस’ का केही सदस्यले जनवरीमा चीनको वुहान भ्रमण गरेको र त्यहाँबाट संक्रमण ल्याएको भन्दै हत्या अभियोगमा मुद्दा दर्ता भएको हो । चर्च रहेकै थेगु सहरबाट दक्षिण कोरियामा कोभिड–१९ संक्रमण फैलिएको थियो । संक्रमणबारे बेलैमा जानकारी नगराएको भन्दै सोल सरकारले चर्च नेतृत्वविरुद्ध हत्या अभियोगमा अनुसन्धानको माग गर्दै मुद्दा दायर गरेको सोलका मेयर पार्क वन–सुनले बताए । चर्च स्थापक ली मान–ही र अन्य नेताले सरकारलाई सहयोग गरेको भए मृतकको जीवन बचाउन सकिन्थ्यो भन्दै उनले १२ जनाविरुद्ध रोग नियन्त्रण ऐन उल्लंघनको अभियोग लगाइएको बताएका छन् ।

चर्चका स्थापक लीले सोमबारै आफ्ना एक सदस्यका कारण धेरै जनामा संक्रमण फैलिएको भन्दै सार्वजनिक माफी मागेका थिए । कोभिड–१९ बाट कोरियामा ४ हजार ८ सय १२ जना संक्रमित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

Leave a Comment