संसदमा प्रधानमन्त्रीलाई प्रश्‍न : नेपालको नक्सा काटेर किन बर्थडे मनाएको ?

Loading

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएकोमा संसदमा आलोचलना भएको छ।  मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिलेन्द्र रिजालले प्रधानमन्त्रीजस्तो प्रतिष्ठित व्यक्तित्वले यसरी तामझाम गरेर जन्म दिन मनाउनु शोभनीय नभएको बताएका छन्।उनले भने,’ नेपालको नक्सा काटेर किन बर्थडे मनाएको ? जन्मदिन मनाउने अरु रचनात्मक तरिकाहरु हुनसक्थे।राजामहाराजजस्तो राजसी शैली देखाउनु आवश्यक थिए ।’ अरु प्रतिपक्षी सांसदहरुले पनि यही विषयमा कुरा उठाएका छन् । 

‘ हेलकोप्टर चार्टर्ड गरेर आफ्ना पार्टीका विशेषज्ञरु बोकेर जानुभयो। ढर्रा लाग्यो होला आफू खडकप्रसाद होइन भनेर। साहेद त्यो घरले तपाईलाई चिनेन होला। तपाईले एक मिनेट त्यो घर अगाडी उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयो ।आफू कुन लोकमा छु भनेर,’ उनले भने,’ जनताको लोकमा हुनुहुन्छ।यति होल्डिङको पैसा र हेलिकोप्टरले पुर्याएको केक देख्दा इतिहास बोकेको तपाईको घरले पनि अपमानित महशुस गर्यो होला।’

‘जन्म दिनमा चार हजार वृदवृद्धालाई सारी र कोट बाड्ने कार्यक्रम थियो भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘पहिले राजामाहाराजले आफ्नो जन्म दिनमा केटाकेटीलाई मिठाइ बाँडेर  चित्त बुझाउनुपर्ने राजा महाराजालाई पनि इर्ष्या लाग्यो होला प्रधानमन्त्रीज्यू । तर त्यो आवश्यक थिएन।’ उनले बालुवाटार जग्गा प्रकरणमा सरकारले अख्तियारलाई प्रभावमा पारेको आरोप लगाए। संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा कारवाही अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको भन्दै  भ्रष्टाचारले सीमा नाघेको  बताए ।

‘७० करोड घुस दिन्छु भन्नेले त्यो भन्दा प्रतिष्पर्धा गराएर  त्यो भन्दा बढी घुस दिनेलाई यो ठेक्‍का दिने अवस्था आउँछ भने यो मुलुको अवस्था के होला, उनले भने,’ ७० करोडभन्दा अझ अरबौं खानेलाई सरकार तयार हो भन्ने।यो भन्दा लाजमर्दो के हुन्छ ।’ annapurna

Leave a Comment