रामबहादुर बमजनलाई जङ्गल, झाडीसहित अन्यत्र ुखोजी कार्य तिब्र

Loading

peoples News यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकोलगायतका विभिन्न आरोपहरू लागेका रामबहादुर बमजनलाई खोज्न नेपालका ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराइ सकिएको अधिकारीहरूले बताएका छन् । सर्लाही जिल्ला अदालतले उनीविरुद्ध परेका अभियोगबारे अनुसन्धान अघि बढाउन बमजनलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीको टोली शुक्रवार उनको सिन्धुलीस्थित आश्रममा पुगेको थियो । त्यहाँ बमजन फेला नपरेपछि उनका शिष्यलाई प्रहरीले सोधपूछ गरेको उनका अनुयायीहरूले बताएका थिए।

खोजतलास सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार बमजन अझै आश्रम वरपरका वनमा रहेको आशङ्कामा प्रहरीले त्यस क्षेत्रमा उनको खोजी जारी राखेको छ।

आश्रममा खोजतलास भयो तर भेटिएन। कतै जङ्गल वा झाडीमा लुकेका छन् कि भनेर खोजतलास भइराख्या छ। तर उनी अरू जिल्लामा पनि पुगेका हुन सक्छन् ।” शुक्रवार बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङले बमजन आश्रममा नरहेको र उनी “महाध्यानमा” रहेको बीबीसी न्यूज नेपालीलाई बताएका थिए। उनले बमजन “भौतिक, सांसारिक रूपमा देखिने आवासमा” नरहेको बरु “जङ्गलतिर कता” रहेको बताएका थिए । बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा सिन्धुपाल्चोक, लमजुङ र सर्लाहीमा समेत आश्रम बनाएको प्रहरीको भनाइ छ । विवादास्पद ‘धर्मगुरु’ बमजन आश्रममा भेटिएनन्, मुख्य शिष्य ‘पक्राउ’

प्रहरी सक्रियता

रामबहादुर बमजन

बमजनविरुद्ध अभियोग दर्ता भएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार बमजन रहेका हुन सक्ने सबै जिल्लामा प्रहरीले खोजतलास जारी राखेको छ ।उनले भने, “देशका अन्य जिल्लाका प्रहरीले जस्तै सर्लाही प्रहरीले पनि सक्रियतापूर्वक बमजनको खोजी गरिरहेको छ। उनी भेटिएमा प्रहरीले उनलाई पक्रिन्छ। अदालतबाट पक्राउ आदेश भइसक्या छ । ” नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार बमजनको खोजीमा अहिले सर्लाही जिल्ला प्रहरीका अतिरिक्त केन्द्रीय अनुसन्धान ब्यूरोले आवश्यक काम कारबाही गरिरहेको छ।

“७७ जिल्लामा परिपत्र”

उनका अनुसार अदालतको पछिल्लो अनुमतिबारे “देशका ७७ वटै जिल्लाका प्रहरीलाई परिपत्र गरिसकिएको” छ । गत वर्ष बमजनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भएपछि उनीमाथि विभिन्न किसिमका आरोप लाग्न थालेका थिए । bbc

Leave a Comment