![]()
Peoples news चीनमा कोरोनाभाइरसका कारण आइतवार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ९७ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ९०८ जनाको मृत्यु भएको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या ९१० पुगेको छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ सङ्क्रमण हुने व्यक्तिहरूको सङ्ख्या स्थिर भएको देखिएको छ । चीनका विभिन्न स्थानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या ४०,००० नाघेको छ भने एक लाख ८७ हजारभन्दा बढी मानिसलाई चिकित्सकीय निगरानीमा राखिएको छ ।
- कोरोनाभाइरस प्रकोपको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सङ्क्रमणबाटै मृत्यु
- जन्मेको ३० घण्टामै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि
गत डिसेम्बर महिनादेखि फैलिएको नयाँ भाइरसको प्रकोपबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली बेइजिङ पठाएको छ । चीनको सरकारी तथ्याङ्कका अनुसार ३,२८१ जनालाई सफल उपचारपछि अस्पतालबाट घर फर्काइएको छ ।
प्रत्येक दिन देखिएको कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या
सोमवार लाखौँ मानिसहरू लामो बिदापछि काममा फर्किएका छन् । भाइरसको प्रकोप फैलिएपछि नियन्त्रणको उपायस्वरूप चिनियाँ नयाँ वर्षको बिदा ज्यानुअरी ३१ पछि पनि लम्ब्याइएको थियो । तर सावधानीका उपायहरू यथावत् छन्। काम गर्ने समयका बीचमा विश्रामको व्यवस्था गरिएको छ तथा छानिएका कार्यस्थल मात्र खुलेका छन् । गत सप्ताहान्तमा कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्याले सन् २००३ मा फैलिएको सार्स महामारीले ज्यान लिएका मानिसको सङ्ख्यालाई उछिनेको थियो । चीनबाट फैलिएको थियो। उक्त रोगका कारण विश्वभरि ७७४ जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले शनिवार कोरोनाभाइरसको नयाँ सङ्क्रमणको सङ्ख्या “स्थिर” भएको जनाएको छ । तर उक्त भाइरस प्रकोप उत्कर्षमा पुगिसकेको हो कि हैन भन्ने निष्कर्ष निकाल्न हतार गर्न नहुने उसको भनाइ छ।
उक्त भाइरस पहिलो चोटि हुबे प्रान्तको वुहान सहरमा फेला परेको थियो। त्यसयता एक करोड १० लाखभन्दा बढी मानिस बसोबास बस्ने उक्त सहर हप्तौँदेखि बन्दजस्तै छ । विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसका कारण जनस्वास्थ्यमा सङ्कट उत्पन्न भएको घोषणा गरिसकेको छ । उक्त भाइरसबाट सङ्क्रमित मानिस नेपालसहित २७ देशमा भेटिएको पुष्टि भएको छ। तर अहिलेसम्म फिलिपिन्स र हङ्कङमा एक-एक गरेर दुई जनाको मात्र मृत्यु भएको छ।
