अनलाइन सपिङका नाममा ठगी गर्ने ८ जना पक्राउ

Loading

peoples News : पक्राउ परेकाबाट नगदसहित एटिएम कार्ड, भारतीय बैंक खाता विवरण, नक्कली सरकारी कागजात बरामद अनलाइन सपिङका नाममा लाखौं ठगी गर्ने एक संगठित गिरोहलाई मौरङ प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा बेस्ट एप्पल स्टोर नामको अनलाइन सपिङमार्फत बहुमूल्य सामानहरु डेलिभरी गरिदिने भन्दै लाखौं रुपयाँ ठगी गर्ने गिरोहका ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैचाका बिशाल अर्याल भनिने निरन्जप्रसाद आचार्यले बेस्टएप्लल स्टोर नामको अनलाइन कम्पनीमा नेपाली नेतृत्वकर्ता बनेर शिवजी खड्का, देवी चम्लागाई, सरिता परियार, लक्ष्मी कार्की समेतको सहयोगमा ठगी गर्दै आएका थिए । उनले भारतीय एजेन्टहरुको साँठगाँठमा सञ्चालन भएकोले कमिसन रकम भारतीय एजेन्टहरुलाई पनि पठाउने गरेको अनुसन्धानमा खुलेको छ ।  मोरङका एसपी विश्व अधिकारीका अनुसार गिरोहले एक वर्ष भित्र करिब एक करोड रुपैयाँ बिदेश पठाइसकेको पाइएको छ । उनिहरुले हालसम्म दुई करोड भन्दा बढी ठगी गरिसकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

एक दर्जन बिदेशी एजेन्ट पहिचान 
बेस्टबाइ कम्पनीका भारतीय एजेन्टहरुमा मीश्रा राजुभाई, राजाराम त्रिपाठी, राजेश बिश्वास, हसन फैसल अली, जुहेब हसन, हसन फैसल अली, नमु श्रीकान्त वर्षा, अमित थडानी, अंकिता थमन, कुनाल थपम, रनदप्रसाद शाह, राजा सोम, जय बंशल लगायत एक दर्जनको पहिचान भसकेको प्रहरीले जनाएको छ । गिरोह पत्ता लगाउन मोरङ प्रहरीको टोलीले ४० दिन निरन्तर अनुसन्धान गरेको थियो । अझै पनि गिरोहका सदस्यहरु रहेको र उनीहरुको खोजी भइरहेको एसपी अधिकारीले बताए ।

इलेक्टिक्स समान घरमै डेलीभरि गरिदिने भन्दै पैसा माग 
उनीहरुले बेस्ट वाइ एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स सपहोम, केमार्ट इलेक्ट्रिोनिक्स लगायतका फेजबुक बनाएर इलेक्ट्रिक समानहरु अनलाइन सपिङ मार्फत होम डेलिभरी दिने भन्दै पेमेन्ट माग गर्ने गरेका थिए । नेपालमा वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की लगायत बिभिन्न महिलाको फोटो प्रयोग गरी विभिन्न बैंकमा खाता खोलिएको थियो । उनीहरुको खातामा जम्मा भएको रकम निकाल्न निरंजन आचार्यले शिवजी खड्का र देबी चौलागाई लगायतलाई प्रयोग गर्ने गरेका थिए ।

मुख्य नाइके आचार्यसहित ८ पक्राउ 
प्रहरीले ठगीमा संलग्न भएको आरोपमा मुख्य नाइके आचार्यसहित खोटाङ जन्तेढुंगा गाउँपालिका–४ का २२ वर्षीय शिवजी खड्का, सोही स्थानका २० वर्षीय देवी चौलागाईं, धरान उपमहानगरपालिका–२० विष्णुपादुका बस्ने २० वर्षीया भावना राई, सोही स्थानकी १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की छन् ।  उनीहरु सबैलाई प्रहरीले ठगी, किर्ते हस्ताक्षर र कागजात प्रयोग, संगठित अपराध, दोहोरो नागरिकता लगायत बिभिन्न कसुरमा मुद्दा दर्ता गराएको छ ।

विराटनगरमा भाडाको घरमा मुख्य मुकाम 
विराटनगरमा बस्दै आएका ठगीमा संलग्न गिरोहका नाइके आचार्य, बिशाल अर्याल र देबी चम्लागाईको साथबाट र कोठाबाट प्रहरीले ६८ लाख रुपैयाँसहित ३७ वटा एटिएम कार्ड, ७८ वटा नेपाली नामको बैंक खाता र १४ वटा भारतीय बैंकको खाता विवरण, १५ वटा खालीसहित ५८ वटा बिभिन्न बैंकका चेकबुक तथा नागरिकताहरु, नक्कली सरकारी कागजात, फोटोकपी मेसिन, प्रिन्टर, ल्यापटप, मोवाइल लगायत बिभिन्न सामाग्री बरामद गरेको छ । naya patrika

Leave a Comment