![]()
peoples online news : म्याग्दी — हिमाली जिल्ला म्याग्दीमा डेंगुको बिरामी भेटिएको छ । उच्च ज्वरोबाट ग्रस्त भएर जिल्ला अस्पताल भर्ना भएकी बेनी–७ की ४५ वर्षीया बिरामीको रगत परीक्षण गर्दा डेंगु संक्रमण पाइएको हो । उनी यही माघ २ मा अस्पताल आएकी थिइन् । ‘गर्मी सिजनको अघिपछि मात्र देखिने डेंगु माघको अधिक चिसो र सुक्खा समयमा फेला परेपछि हामी चिन्तित छौं,’ बेनी अस्पतालका ल्याब टेक्नोलोजिस्ट संजोग तिमिल्सिनाले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित व्यवस्थापन डेंगुको मुख्य चुनौती हो ।’ बेनी अस्पतालको अभिलेखअनुसार भदौयता मात्र १४ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सबै बेनी नगर क्षेत्रका छन् ।