![]()
Peoples Online News : जिल्ला प्रशासन कार्यालय कास्कीले गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे भन्ने राजीव गुरुङलाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ । उनले पोखरामा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थानमा कुटपिट गरेका थिए । गुरुङले उजुरी दिएपछि उनीविरुद्ध पक्राउ आदेश लिएर बिहीबार प्रहरीले पक्राउ गरेको थियो । गत मंगलबार सांसद मनाङेले मञ्चमै गुरुङलाई लात्तीले र मुक्का हानेका थिए । naya patrika