![]()
Peoples Online news : छिमेकी चीनमा महामारीको रुप लिँदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको पुष्टि भएको छ । अध्ययनका लागि चीनको बुहान गएर काठमाडौँ फर्केका ३३ वर्षीय युवकमा कोरोना भाइरस देखिएको पुष्टि भएको हो । शहीद शुक्रराज ट्रफिकल अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार, केही दिन नेपाल फर्केका ती युवकमा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा आवस्यक परीक्षणका लागि हङकङ पठाइएको थियो ।
‘जाँच परीक्षण पोजेटिभ आएको छ, तर ती व्यक्तिमा कोरोना भाइरसको स्थिति लक्ष्यणविहीन छ’ डा. पाण्डेले नयाँ पत्रिकासँग भने, ‘उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ ।’ महामारीको रुप लिएको कोरोना भाइरसबाट दुई दर्जन भन्दा बढी चिनियाँहरुको मृत्यु भइसकेको छ भने झण्डै हजार जनामा यसको संक्रमण देखिएको छ । बुहानमा थुप्रै नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकाले नेपाल सरकारले पनि यस सम्बन्धमा थप सतर्कता अपनाएको छ । naya patrika
