20 करोड घुसकाण्डमा मुछिए शिक्षा मन्त्रि पोख्रेल

Loading

giriphoto

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल २० करोड घुस काण्डमा मुछिएका छन् । झापास्थित बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा उपाध्यक्ष गिरीले आफुलाई काठमाडौंको द्वारिका होटलमा भेट गर्न बोलाइ मेडिकल कलेज संचालन गर्नका लागि भन्दै मंसिर १५ गते २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका हुन् ।

शिक्षामन्त्री गिरिराजणी पोखरेल निकट उपध्यक्ष गिरीले मेडिकल कलेज चलाउन घुस मागे पनि आफुले दिन नसक्ने बताएको बीएण्डसी सञ्चालक दुर्गा प्रसाईले काठमाडौमा बुधवार पत्रकार सम्मेलन गरी बताएका छन् ।

शिक्षामन्त्री गिरिराज पोखरेलकै पहलमा गिरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेका थिए । गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउँदा पनि मन्त्री पोखरेलले करोडौ रकम असुलेको हल्ला चलेको थियो।

उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको बिषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको समेत प्रसाईले बताए ।

विएण्डसीलाई सम्बन्धन दिन दाहालले कयौँ पटक प्रयास गरेका थिए । यो विषय प्रचण्डका लागि निकै टाउको दुखाईको विषय बनेको थियो । तत्कालीन एमाले र माओवादीको पार्टी एकताबारेको गोप्य बैठक प्रसाईकै घरमा बसेको थियो ।

Leave a Comment