निजामती कर्मचारीको उमेर हद ६० वर्ष

Loading

peoples Online News : काठमाडौं– निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पु-याउने निर्णय गरेको हो। निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पु-याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए।

तर त्यो हरेक वर्ष ६/६ महिनामा थप गरेर ६० वर्ष पु-याईनेछ। पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६/६ महिना थप गरेर ६० वर्ष पु-याउने निर्णय गर्नु परेको पनि उपसचिव दाहालले बताए।

समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’ माथि बिहीबार पनि छलफल गरिएको थियो। बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढि नम्बर दिने सहमति पनि गरेको छ। nagrik

Leave a Comment