चीनले मिचेको नेपाली भुमि फिर्ता गर्न आज काठमाडौँ मा निकालिएको चीन बिरुद्ध दबाब जुलुस

Loading

Peoples online news काठमाडौं– भारतबाट मिचिएको भूमी फिर्ता गर्न प्रदर्शन भइरहेको बेला चीनले मिचेको भूमी पनि फिर्ता गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।

‘मौलिक जरोकिलो पार्टी’ले भारत र चीन दुबैले मिचेको भूभाग फिर्ता गर्न माग गर्दै काठमाडौंको गोंगबुमा दबाबमुलक कोणसभा गरेको हो ।

शनिवार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म नयाँ बसपार्क नजिकै भएको कोणसभामा भारत र चीन दुबै देशले मिचेको भूमी फिर्ता गर्न माग गरिएको थियो ।

भारतले नेपालसंग सिमाना जोडीएका २३ जिल्लाको ७१ ठाउँमा र चीनले ४ जिल्लाको ११ ठाउँमा भूमी मिचेको भन्दै फिर्ताका लागि तत्काल पहल गर्न सरकारसंग आग्रह गरेको हो ।

पार्टी प्रवक्ता लीला बहादुर बाँनियाले दुबै छिमेकीले मिचेको नेपाली भूमी फिर्ता गर्न सरकारले तत्काल पहल नगरे थप आन्दोलन चर्काउने चेतावनी दिए ।

Leave a Comment