सल्लाह नै नगरी प्रदेश प्रमुख हटाएकोले उपेन्द्र यादवद्वारा सरकार छोड्ने चेताबनी

Loading

Peoples news काठमन्डौ,कार्तिक १८ गते। समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बिना कुनै सहमति वा बिमर्श बिना प्रदेश प्रमुख हटाएकोमा आपति प्रकट गर्नु भएको छ ।

संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनी दिदै आएका अध्यक्ष यादव जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको छ । यादवले भन्नु भयो – प्रदेश प्रमुखहरु हटाइएको निर्णय बारे औपचारिक जानकारी छैन् । यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् ।

आज नियुक्ती गर्ने भनिएको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उहाले जिकिर गर्नु भएको छ । समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् ।

Leave a Comment