सभामुख कांग्रेसले पाउनुपर्छः नेता बस्नेत

Loading

Peoples news : काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्। काँग्रेस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक/फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरेका हुन्।

संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए। सोही पदमा आफ्नो पार्टीको दावी रहेको बस्नेतको भनाई छ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको दावी पनि गरे।

काँग्रेस केन्द्रीय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने पनि बताए।

Leave a Comment