सभामुख नेकपाले राखे कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त: नेता झलनाथ खनाल

Loading

Peoples News : सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा ‘उपयुक्त हुने’ बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख मध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने जनाएका छन् । अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख छन् । ‘सभामुख फेरि पनि पूर्वमाओवादीबाटै’ सभामुख-उपसभामुखबारे चर्को मतभेद नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘सभामुख आफ्नै पार्टीले राख्नेमा विवाद नरहेको’ बताएका थिए ।

कांग्रेससँग राम्रो सम्बन्ध संविधानमा फरक लिङ्ग र पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ । सभामुख नेकपाले लिनका निम्ति उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । वरिष्ठ नेता खनालले भने, “प्रमुख विपक्षीसँग राम्रो सम्बन्ध राखेर जानु राम्रो हुन्छ। तर पनि यसबारे औपचारिक छलफलमा जे निष्कर्ष हुन्छ त्यसअनुसार नै गरिन्छ ।” प्रमुख प्रतिपक्षी दललाई उपसभामुख दिनु व्यक्तिगत रूपमा कतिको उपयुक्त देख्नुहुन्छ? भन्ने प्रश्नमा नेता खनालको सङ्क्षिप्त जवाफ थियो, “उपयुक्त हुन्छ ।” ‘प्रतिपक्षीसँग र अरू पार्टीहरूसँग पनि सहमति गरेर जानुपर्ने’ नेता खनालको भनाइ छ ।

प्रचण्डको सहयात्री प्रेम नेकपाका एक अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कांग्रेस र गिरिजाप्रसाद कोइरालासँग गरेको सहकार्यको सम्झना गरेका थिए । उनले शान्ति प्रक्रिया र संविधान सभा चुनावको उदाहरण प्रस्तुत गर्दै ‘असम्भव देखिने कुराहरू पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिने’ धारणा राखेका थिए । महरा उपयुक्त, त्यसैले सहयोग: कांग्रेस सभामुखमा महराको मात्रै उम्मेदवारी उनले भनेका थिए, “नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरूकै बीचमा आएको महसुस हुन्छ। हाम्रो सहयात्रा जारी रहने छ। र, सहयात्रीकै रूपमा हामी निरन्तर अगाडि बढिराख्नेछौँ ।”

सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेसबीच पछिल्ला महिना कटुता बढेको टिप्पणी भइरहेका बेला प्रचण्डले सहकार्यमा जोड दिएका छन् । कांग्रेसको दाबीको तर्क यही बेला कांग्रेसले प्रतिनिधिसभाका दुई मध्ये एक पदमा आफ्नो दाबी रहने जनाएको छ । तर संविधानको व्यवस्था पछ्याउन नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा पद कांग्रेस बाहेकका पार्टीलाई दिन सक्ने ठाउँ पनि छ । त्यो सम्भावना देखाउँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “त्यस्तोमा बोल्ने ठाउँ त संविधानको अक्षरले दिँदैन। तर त्यसको भावना संसद्‍मा सत्तापक्षले विपक्षीलाई पनि सँगै लिएर जानुपर्छ भन्ने हो ।”

कतिपयले सत्तापक्षप्रति आक्रामक देखिएको कांग्रेसलाई नजिक ल्याउन सत्तापक्षले कांग्रेसलाई उपसभामुख दिएर उदारता देखाउन सक्ने ठानेका छन् । संसदमा संविधान संशोधनको पक्षमा आवाज अर्काथरीका अनुमानमा संविधान संशोधनको माग पूरा नभएको भन्दै प्रधानमन्त्रीमाथि फेरि दबाब बढाउने मनस्थितिमा देखिएको सत्ताधारी समाजवादी दललाई मनाउन पनि नेकपाले उसैलाई उपसभामुख दिन सक्ने सम्भावना पनि रहन्छ । तर ती प्रक्रिया संसद्‍को हिउँदे अधिवेशनको आह्वान भएपछि सुरु हुने बताइएको छ । BBC

Leave a Comment