नेपाल क्रिकेट कप्तान पदबाट पारस खड्काको राजीनामा शंकास्पद

Loading

peoples news : नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काले आफ्नो निर्णय एक्कासि नभएको बताएका छन् । मङ्गलवार सामाजिक सञ्जालमा राजीनामा दिने घोषणा गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले १० वर्ष कप्तानी गरिसकेको र “विगतको समयमा जसरी क्रिकेट अगाडि बढिरहेको छ” त्यो हेरेर आफूले राजीनामाको निर्णय गरेको बताएका छन् । उनले भने: “मलाई जहिले पनि उच्च स्थानमा हुँदा नै छोड्न मन थियो… मलाई लाग्यो नयाँ नेतृत्व आएको बेला यो सही समय हो ।” तर उनले अझै क्रिकेट भने खेल्न चाहेको बताएका छन् । “क्रिकेट छोडिहाल्ने होइन, म खेलाडीको रूपमा अझै योगदान गर्न सक्छु ।” कप्तान पारस खड्का भन्छन्, ‘समर्थकहरू हाम्रो उत्साहको ठूलो कारक’ क्रिकेट सङ्घको नेतृत्वमा जानसक्छु: खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को निलम्बन फुकुवा गर्दै ससर्त सदस्यता दिने निर्णय गरेको भोलिपल्ट खड्काले कप्तान पद छोड्ने धारणा सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै ३२ वर्षीय खड्काले क्यानको नयाँ कार्यसमिति, खेलाडी र अन्य साझेदारले नेपाली क्रिकेटमा राम्रो गरून् भन्ने कामना गरेका छन् । उनले नेपाली क्रिकेटमा ‘सबै कुरा नयाँ सुरु हुनुपर्ने’ बताउँदै कप्तानी छोड्ने समय भएको बताएका छन् । क्यानलाई ‘थाहा छैन’ पारस खड्काले पत्रकारहरूसँग कुरा गर्नुअघि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खड्काको राजीनामाबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए । “आधिकारिक रूपमा हामीकहाँ राजीनामा आएको छैन,” उनले बीबीसीसँग भनेका थिए । bbc

Leave a Comment