दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका मृतावस्थामा फेला

Loading

Peoples News : दक्षिण कोरियाकी प्रसिद्ध के-पप गायिका सुल्ली एउटा घरमा मृतावस्थामा फेला परेकी छन् । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले बीबीसीलाई बताएअनुसार उनका प्रबन्धकले सुल्लीलाई राजधानी सोलनजिकै रहेको उनको घरमा मृतावस्थामा भेटेका थिए । पच्चीस वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए। तर पछि व्यावसायिक रूपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन् ।

उत्तर कोरिया: ‘के-पप’ कलाकारहरूको प्रदर्शन महिलाहरूले ब्रा लगाउन छोड्नुका कारण उनको वास्तविक नाम चोप जिन-रि हो। अन्लाइन माध्यममा दुर्व्यवहार खेप्नुपरेकाले उनले कोरियाली पप सङ्गीत अर्थात् के-पप छोडेको केही मानिसहरूको धारणा छ । उनी महिलाहरू मात्र रहेको साङ्गीतिक समूह एफएक्सकी गायिका रूपमा परिचित थिइन्। सन् २०१५ मा उनी त्यो समूहबाट बाहिरिइन् । विभिन्न विवादमा पनि परेकी उनी पहिलो पटक ११ वर्षको उमेरमा एउटा टेलिभिजन धारावाहिक शृङ्खलामा देखिएकी थिइन् । पछि उनी एसएम एन्टर्टेन्मन्ट भनिने प्रसिद्ध सङ्गीत उत्पादक कम्पनीमा के-पप प्रशिक्षक बनिन् ।
उनी प्रशंसकहरूलाई आफ्नो शरीर कसरी देखाउने त्यो आफूमा भर पर्ने कुरा नि:सङ्कोच बताउँथिन्।

भित्री वस्त्र ब्रा नलगाई स्तनको मुख देखाएका कारण उनी विवादमा परेकी थिइन् । मे २०१६ मा पहिलो चोटि त्यस्ता तस्बिर इन्स्टाग्राममा प्रकाशित भएपछि उनको ठूलो आलोचना भएको थियो । गत महिना इन्स्टाग्राममा प्रत्यक्ष प्रसारित भिडिओमा उनका स्तनहरू देखिएपछि रूढीवादी दक्षिण कोरियामा विवाद उत्पन्न भएको थियो । सुल्लीलाई प्रभावशाली नारी स्वरका रूपमा लिइन्थ्यो । तर उनको शैली तथा लुगाका कारण अन्लाइन माध्यममा उनको धेरै आलोचना पनि हुन्थ्यो । BBC

Leave a Comment