सभामुखमा पूर्वमाओवादीको दाबी

Loading

Peoples News ktm : संघीय संसद्‍को तल्लो सदन प्रतिनिधिसभाको सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको पदमा आफ्नै पूर्वदलबाट नियुक्त हुने पूर्वमाओवादीका नेताहरूले दाबी गरेका छन् । बीबीसीले कुराकानी गरेका नेकपाका केही पूर्वमाओवादी नेताहरूले पार्टी एकीकरणको प्रक्रिया जारी रहेको भन्दै ‘पूर्वसहमतिअनुसार सभामुख चयन हुने’ बताए।

प्रचण्डनिकट मानिने नेता हरिबोल गजुरेलको धारणा पनि ठीक त्यस्तै छ । उनले भने, “पछिका दिनहरूको अर्कै कुरा हो। तर अहिले एकता प्रक्रिया सबै टुङ्गेको छैन। प्रक्रियामै रहेकाले पूर्वसहमति अनुसार नै पूर्वमाओवादी पक्षबाटै यस पटक (सभामुख) राखिन्छ ।” तर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ त्यसरी सभामुख छनोट नहुने बताउँछन् ।

‘कहाँ त्यस्तो हुन्छ?’
उनी भन्छन्, “त्यसमा अब त यो र त्यो भन्ने हुँदै हुँदैन। किनभने हामी पार्टी एकीकरण गर्‍यौँ। मैले आजकाल माओवादी-एमाले त चिन्दै चिन्दिनँ ।” ‘पार्टी एकीकरणले पूर्णता नपाइसकेकाले पूर्वसहमति अनुसार सभामुख छानिने’ उनकै दलका कतिपय पूर्वमाओवादीका नेताहरूको तर्क सुनाउँदा नेम्वाङले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।

उनले त्यो सम्भावना पूर्ण रूपमा अस्वीकार गरेनन् । कृष्णबहादुर महरा जसको राजनीतिक उचाइ क्षणभरमा ढल्यो नेकपाले के गर्ला महराको सांसद पद तर नेम्वाङ भन्छन्, “म खण्डन गर्दिनँ, तर मलाईँ थाहा छैन। किनभने पार्टी एकीकरणपश्चात् त कहाँ त्यस्तो हुन्छ र? फेरि त्यही ठाउँबाट मान्छे पर्न सक्छ, तर माओवादी भनेर होइन कि नेकपा भनेर ।” संविधानमा फरक लिङ्ग र दलको नेता सभामुख र उपसभामुख हुने व्यवस्था छ ।

उपसभामुखको प्रतिक्रिया
एमाले र माओवादीबीच एकीकरण भइसकेकाले अब नेकपाले सभामुख लिन उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनेबारे आफूले केही प्रतिक्रिया नदिने बताइन्। उनले भनिन्, “राजीनामाबारे मलाई थाहा छैन। त्यो त सभामुख चयनको प्रक्रिया प्रारम्भ भएपछि तपाईँले सोधेको कुरा त्यति बेला सुरु हुन्छ ।” उपसभामुख हुँदा पार्टीबाट अलग रहनुपर्ने भएकाले उनले ‘आफू पार्टीको व्यक्ति नभएकाले पार्टीले राजीनामा पनि नमागेको’ प्रतिक्रिया दिइन् । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराद्वारा राजीनामा नेता नेम्वाङले उपसभामुखले राजीनामा दिनेमा विश्वस्त देखिए। उपसभामुखकै सार्वजनिक अभिव्यक्तिकै आधारमा उनले सभामुख नेकपाभन्दा बाहिरको दलमा जाने सम्भावना नरहेको बताए ।
‘उपसभामुखको व्यवस्थापन’
पार्टीबाट प्राविधिक रूपमा अलग रहेकी उपसभामुखले राजीनामा नदिनसक्ने सम्भावनाबारे उनले भने, “त्यति पर नजाऊँ न। उहाँ आफैले नेकपाले सभामुख लिनका लागी दुवै पद खाली हुनुपर्‍यो भनेर भन्नुभएकै छ नि । नेता हरिबोल गजुरेलले पनि उपसभामुखले राजीनामा दिने विश्वास व्यक्त गरे । तर उपसभामुखको पनि ‘व्यवस्थापन’ हुने उनले बताए ।

गजुरेल भन्छन्, “उहाँ पनि उपसभामुख भइसकेको मान्छे। सरकार वा अरू कुनै ठाउँमा पार्टीले उहाँको कुनै भूमिका सुनिश्चित गर्छ।” पार्टीभित्रैका कतिपयले उपसभामुख नै सभामुखको आकाङ्क्षी रहेको ठानेको र उनलाई पनि बलियो दाबेदारको रूपमा हेरेका बेला गजुरेलको त्यस्तो धारणा आएको छ । तर उपसभामुख तुम्बाहाङफेले ती दुवै विषयमा आफ्नो कुनै प्रतिक्रिया नरहेको बताइन् ।

नयाँ सभामुखको चयन
आफ्नो ‘व्यवस्थापन’का सम्भावनाहरूबारे समाचारहरू पढेर थाहा पाएको उनको भनाइ छ । संसद्‌ सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि सभामुख महराले राजीनामा दिएका थिए । ‘यौन दुर्व्यवहारमा पीडितले बोली फेरे पनि अनुसन्धान रोक्न मिल्दैन’ यौन दुर्व्यवहारको आरोप लागेका सभामुखलाई राजीनामा गर्न नेकपाको दबाव तर संसद्को हिउँदे अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन हुनेछ । नेता नेम्वाङका अनुसार त्यसैले सभामुखको उम्मेदवार छनोटको निम्ति अझै केही समय लाग्नेछ । BBC

Leave a Comment