![]()
काठमाडौँ, १९ असोज । अन्तत यौ*न दु* र्ब्य*बहारको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले महरालाई सभामुख निवास बालुवाटारबाट नै नियन्त्रणमा लिएको हो ।
संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी पिडित रोशनी शाहीले हिजो शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा महराद्वारा आफ्नै डेरामा यौ *न दु *र्व्य*बहार भएको भन्दै जाहेरी दिएसंगै महरालाई पक्राउ गरिएको हो ।
स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने भएको छ । जा*हेरी परेपछि महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेकोथियो।
गत असोज १२ गते साँझ महराले आफ्नै निवासमा कु *टपि *ट तथा ब *ला* त्कार प्रयास गरेको भन्दै रोशनी शाही मिडियामा सार्बजनिक भएकी थिइन । त्यसको केहि घण्टा मै फेरी बोली फेरेर मिडियाले नै गलत प्रसार गरेको भन्दै महरा आफ्नो बाउ समान भएको त्यस्ता कदापी नगर्ने भनेकी थिइन ।