चेक मुद्दा अब सरकारवादी मुद्दा नहुने मात्र बैंकद्वारा कालो सूचीमा

Loading

Peoples news
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ ।यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक हप्ताको सीमा तोकेको ह

सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी नहुने गरी ब्याख्या गरेपछि राष्ट्र बैंकले नयाँ नीति लिएको हो ।राष्ट्र बैंकको नयाँ व्यवस्थापछि अब कसैले काटेको चेकमा उल्लेखित पैसा खातामा नभए बढीमा एक हप्तामै भुक्तानी गरिसक्नु पर्नेछ । चेक काटेको एक हप्तामा पनि भुक्तानी नभए राष्ट्र बैंकले कालोसूचीमा राखेर कारबाही अघि बढाउने छ ।

काटिएको चेकको खातामा रकम अपुग भएमा वा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमा दिएर रकम भुक्तानी गर्न खातावालालाई जानकारी दिनु पर्ने निर्देशनमा उल्लेख गरिएको छ । त्यो अवधिमा पनि भुक्तानी नभए बैंकले नै कर्जा सूचना केन्द्रमा कालोसूचीका लागि पत्राचार गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । सो अनुसार बैंकले नगरे बैंकलाई समेत कारबाही हुने राष्ट्र बैंकले बताएको छ ।

Leave a Comment