![]()
Peoples News : नेपाली कामदारको स्वास्थ्य अवस्थामा सुधार गर्नका लागि सुझाव दिन सरकारले गठन गरेको एउटा समितिले नेपालीहरू वैदेशिक रोजगारीमा जाने देशहरूमा स्वास्थ्य सहचारी राख्नुपर्ने सुझाव सहितको एउटा प्रतिवेदन तयार पारेको जनाएको छ । प्राविधिक समितिबाट पारित भइसकेको उक्त प्रतिवेदन स्वस्थ्य सचिवको संयोजकत्वमा रहेको एउटा अर्को समितिले पारित गरेपछि अन्तर-मन्त्रालय छलफलमा पठाइने छ । त्यसपछि मन्त्रिपरिषद्मा लगेर पारित गरी ‘आप्रवासन स्वास्थ्य नीति’का रूपमा त्यसलाई लागु गर्ने सरकारी योजना रहेको अधिकारीहरूले बताएका छन्।

यसअघिको एउटा अध्ययन समितिले पनि नेपाली कामदारहरू काम गर्न जाने गरेका मुलुकहरूमा कामदार सङ्ख्याको आधारमा स्वास्थ्य सहचारी नियुक्त गर्नुपर्ने सुझाव दिएको उनीहरूले बताए । विदेशमा किन मृत्यु भइराखेको छ नेपालीको ‘वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि शोषणै शोषण’ प्राविधिक समिति कामदारका रूपमा विभिन्न देशमा पुगेका नेपाली नागरिकहरूको मृत्यु हुने क्रम बढेपछि सरकारले उनीहरूको स्वास्थ्य अवस्थाबारे अध्ययन र विश्लेषण गरी नीति तय गर्नका लागि समिति गठन गरेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाको संयोजकत्वमा रहेको ‘आप्रवासन स्वास्थ्य नीति’का लागि प्राविधिक समिति बनाइएको थियो । समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहित अन्य सरोकारवाला मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरू पनि सदस्य रहेका थिए । उक्त समितिले तयार पारेको प्रतिवेदन सचिवस्तरीय समितिबाट दशैँ लगत्तै पारित गर्ने लक्ष्य राखिएको देवकोटाले बताए । उनले भने, “प्राविधिक समितिबाट पारित भइसकेको छ। त्यसमा केही सामान्य कुराहरू संशोधन गर्नुपर्ने सुझाव पनि आएका छन् ती सबैलाई समेटेर चाँडै सचिवस्तरीय समितिबाट पारित गर्नेछौँ ।” क्षतिपूर्ति रकम साउनदेखि बढाइने कामदार मृत्युको मुख्य कारण ‘मुटुको समस्या’ तीन चरणका लागि सुझाव देवकोटाले ‘आप्रवासन स्वास्थ्य नीति’मा कामदारको स्वास्थ्यका लागि विभिन्न तीनवटा चरणमा गर्नुपर्ने कामहरू समेट्न प्रतिवेदनमा सुझाव दिइएको छ । उनले भने, “कामदार स्वस्थ रूपमा जाउन्, स्वस्थ रूपमा काम गरुन् र स्वस्थ भएर नै फर्किउन् भनेर यस्तो नीति बनाउन लागिएको हो। त्यसैले हामीले जानेदेखि फर्किएर आउने सम्मका तीन चरणका लागि सुझावहरू दिएका छौँ।”

उनका अनुसार नेपालबाट जाँदैखेरी पनि कतिपयले स्वास्थ्य परीक्षणमा लापरबाही गरेको हुनसक्ने देखिएकाले त्यसलाई सुधार गर्न सुझाव दिइएको छ । देवकोटाले भने, “यहाँबाटै जाँदाखेरी अस्वस्थ व्यक्तिहरू गएर पनि कतिपय अवस्थामा समस्या देखिएकाले यस्तो सुझाव दिइएको हो ।” त्यस्तै कामदार जाने हरेक देशहरूमा स्वास्थ्य सहचारी राख्न र कामदारको मृत्यु हुने देशहरूबाट त्यसलाई सुरू गर्ने सुझाव पनि दिइएको उनले बताए । त्यस्तै विदेशबाट अङ्गभङ्ग भएर नेपाल फर्कनेहरूका लागि पुन:स्थापनाको उचित व्यवस्था मिलाउन पनि प्रविधिक समितिले सुझाव दिएको उनले जानकारी दिए ।
स्वास्थ्य सहचारीको आवश्यकता स्वास्थ्य र श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार विदेशमा रहेका नेपाली कामदारहरूले उपयुक्त समयमा उपचार नपाएर पनि मृत्यु भएको देखिएकाले स्वास्थ्य सहचारीको आवश्यकता परेको हो । श्रम मन्त्रालयले खाडी मुलुकहरू, मलेशिया र कोरियामा नेपाली कामदारको अनुगमन गर्न जाँदा कहिलेकाहीँ चिकित्सकहरूलाई पनि समावेश गराउने गरेको अधिकारीहरू बताउँछन् । त्यस क्रममा धेरै मृतकले समयमा उपचार नपाएको देखिएकाले श्रम सहचारीको अवधारणा अघि सारिएको उनीहरू बताउँछन् । त वर्ष दीपेन्द्ररमण सिंहको संयोजकत्वमा बनेको एउटा समितिले पनि स्वास्थ्य सहचारी राख्न सुझाव दिएको श्रम मन्त्रालयको वैदेशिक रोजगार हेर्ने उप-सचिव दीपक ढकालले बताए । उनले भने, “विदेश जानेहरूको अभिमुखिकरण तालिमका लागि बनाइएको पाठ्यक्रम परिमार्जन गर्न बनेको समिति भए पनि त्यसले त्यस्तो सुझाव दिएको थियो। तर त्यो सुझाव मात्र थियो।”

एघार सय शव ओसारेका चालक
उनका अनुसार कामदारहरूमा देखिएको सम्पर्क भाषाको कमीका कारण स्वास्थ्य सहचारीको आवश्यकता देखिएको हो । ढकालले भने, “धेरैले भाषा नबुझ्दा आफ्ना समस्याहरू बताउन नसकेको पाइएकाले पनि त्यस्तो सुझाव आएको हो ।” प्राविधिक समितिका संयोजक देवकोटा पनि धेरैले भाषाकै कारण आफ्ना समस्याहरू बताउन नसकेको पाइएको छ । उनी भन्छन्, “नेपाली दूतावासमा स्वास्थ्य सहचारी राखियो भने कामदारका समस्याहरू सुन्न र परामर्श दिन सहज हुन्छ। भाषाको समस्या पनि हुँदैन ।” समितिले पहिलो चरणमा नेपाली कामदारहरूको धेरै मृत्यु हुने कोरिया, मलेसिया र साउदी अरेबियामा स्वास्थ्य सहचारी नियुक्त गर्न र त्यसपछि अन्यत्र विस्तार गर्न सुझाव दिएको छ ।
वैदेशिक रोजगारी: जाँदा आशा, फर्किँदा निराशा यस्ता सहचारीले कामादारलाई उचित स्वास्थ्य सल्लाह दिनुका साथै उपचारमा सहायता गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिइएको उनले बताए । त्यस्तै स्वास्थ्य बीमालगायतबारे पनि जानकारीहरू दिने छन् । उक्त समितिमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि पनि रहेकाले मन्त्रिपरिषद्बाट पारित भएर आएमा नीतिमा उक्त कुरा समेटिन सक्ने उनको तर्क छ । विदेशमा नेपाली कामदारको मृत्यु देशमा काम गर्ने नेपाली कामदारका विवरणहरू राख्ने सरकारी निकायहरूका अनुसार पछिल्लो दशकको तथ्याङ्क हेर्दा हरेक महिना औसतमा करिब ५५ जना नेपालीको मृत्यु हुने देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष (२०७५/७६) मा मात्र विदेशमा मृत्यु भएका ७ सय ५५ जनाको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ।

अधिकारीहरूका अनुसार अहिले पनि नेपालमा वैदेशिक रोजगारीमा गएर मृत्यु भएका दैनिक दुई जनाको लास नेपाल आउने गरेको छ ।
त्यस्तै अङ्गभङ्ग हुनेहरूको सङ्ख्या पनि ठूलो रहेको छ । विदेशमा भएका मृत्युहरू खासगरी कार्यक्षेत्रमा हुने दुर्घटना र स्वास्थ्य समस्याका कारण हुने गरेको बताउँछन् । तर कामदारको मृत्युलाई एकाध कारणसँग मात्र जोडेर हेर्न नमिल्ने विज्ञहरू बताउँछन् । BBC