ट्राफिक नियम भन्दा बाहिर गएर कार्वाही नगर्न : गृहमन्त्रीको आह्वान

Loading

Peoples News : काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान गरेका छन्। नागरिकले आ–आफ्नो ठाउँबाट ट्राफिक नियमको पूर्ण पालना गरेमात्रै मुलुकमा बढ्दो यातायात व्यवस्थापनको समस्या समाधान भएर जाने गृहमन्त्री थापाको भनाइ छ ।

आइतबार काठमाडौंमा १५ दिने ट्राफिक स्वयम्सेवक परिचालन कार्यक्रममा शुभारम्भ गर्दै उनले काठमाडौं उपत्यकाको बढदो ट्राफिक समस्या समाधानका लागि विकास, निर्माणको सोच र योजनामै पुनर्विचार गर्न पनि विकासका योजनाकार तथा नीति निर्माताहरुलाई पनि आग्रह गरे।

विकास, निर्माणको काम सही ढंगले अघि बढे यातायात सम्बन्धी समस्या पनि स्वतहः घटेर जाने गृहमन्त्री थापाको भनाई छ। गृहमन्त्री थापाले सिंगो मुलुकनै विकास, निर्माणको काममा तीव्र गतिका साथ अघि बढिकाले पनि यातायात क्षेत्रमा समस्या देखिएकोतर्फ पनि सबैलाई सचेत गराए।

गृहमन्त्री थापाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि युवा जनशक्तिको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरे । nagrik

Leave a Comment