विदेशी सेनालाई खाडी क्षेत्रबाहिर बस्न इरानको चेतावनी

Loading

Peoples News : इरानका राष्ट्रपति हसन रूहानीले विदेशी शक्तिले खाडीको शान्ति सुरक्षा खतरामा पारेको आरोप लगाएका छन् । अमेरिकाले उक्त क्षेत्रमा सेना खटाउन गरेको घोषणाको प्रतिक्रियामा रूहानीको यस्तो भनाइ आएको हो । उनले विदेशी शक्तिले सधैँ “पीडा र दुख” ल्याएको र सैन्यबल प्रदर्शन गर्ने प्रतिस्पर्धामा उनीहरूको प्रयोग गर्न नहुने बताएका छन् । साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले त्यहाँ सेना परिचालन गर्ने बताएको हो । यमनमा सक्रिय हुथी समूहले जिम्मेवारी लिएपनि उक्त हमला इरानले गरेको साउदी अरब र अमेरिकाले आरोप लगाएका छन् ।

तेल खानीमा आक्रमण भएपछि अमेरिकी सैनिक साउदी अरब जाने घोषणा साउदी तेल केन्द्रमा भएका आक्रमण ‘युद्धको कदम’
शान्तिको लागि पहल इरानले आउने दिनहरूमा खाडी क्षेत्रमा शान्तिका लागि संयुक्त राष्ट्रसङ्घ समक्ष पहल गर्ने पनि रूहानीले बताए । इरानको परमाणु गतिविधिलाई सीमित पार्ने एउटा अन्तर्राष्ट्रिय सम्झौताबाट राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका अलग हुने निर्णय गरेपछि दुई देशबीच तनाव चुलिएको छ । साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रहरूमा सेप्टेम्बर १४ मा आक्रमण भएपछि तनाव अझ बढेको हो । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले उक्त आक्रमण गरेको स्वीकारेका छन् तर इरानको मुख्य क्षेत्रीय प्रतिद्वन्दी साउदी अरब र अमेरिकाले त्यसमा इरानको संलग्नता भएको बताएका छन् । तेहरानले उक्त आरोप अस्वीकार गरेको छ ।

रूहानीले के भने?
राष्ट्रपति रूहानीले इरान र इराकबीच सन् १९८० देखि सन् १९८८ सम्म भएको युद्धको वार्षिकोत्सवको कार्यक्रममा बोलेका हुन् । उनले भने: “विदेशी शक्तिले हाम्रा जनता र क्षेत्रमा समस्या असुरक्षा ल्याउन सक्छन् ।” रूहानीले यस्ता सेनालाई “विपत्”को संज्ञा दिए र उनीहरूलाई “टाढा बस्न” चेतावनी दिए । “यदी उनीहरू इमानदार छन् भने हाम्रो क्षेत्रलाई अस्त्रको होडबाजी गर्ने ठाउँ बनाउन भएन ।” “हाम्रो क्षेत्रबाट जति टाढा सेना राखिन्छ, ती त्यतिनै सुरक्षित हुन्छन्।” BBC

Leave a Comment