![]()
Peoples News :
उनले कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्नेलाई कारबाही हुने बताए। ‘हात भाँचेको भए कारबाही हुन्छ। कसले भाँचेको हो छानबिन हुनुपर्छ’, उनले भने, ‘आवश्यक छानबिनपछि नेकपा कार्यकर्ता होस् या कांग्रेस अन्यायपूर्ण व्यवहार हुँदैन।’ उनले नेकपा हुनासाथ उन्मुक्ति नपाउने बताए। ‘छानबिन गर्नुअघि फैसला गर्ने कुरामा सरकारले विश्वास गर्न मिल्दैन। हाम्रा निकायहरू छन्। उनीहरूले छानबिन गर्छन्’, उनले भने, ‘ पहिला त दोषी ठहरिनुपर्यो नि ! त्यसपछि न कारबाही हुन्छ। छानबिन नगरी घटनामा को संलग्न छ भन्ने पुष्टि नभई आरोप लाग्दैमा समात्न मिल्दैन।’annapurna