![]()
Peoples News : काठमाडौं : विवाह सम्पन्न गर्न के कस्ता श्रोत सामग्री आवश्यक पर्छन् ? यसका विधि के हुन् ? विवाह गर्ने/गराउनेलाई यी प्रश्नले पक्कै पिरोल्छन्।
होटल रोयल सिंगीको आयोजना र माल्टा इन्टरनेसनलको व्यवस्थापनमा असोज २ र ३ गते विवाहको विधि बुझाउने उद्देश्यले प्रदर्शनी हुँदैछ। होटल रोयल सिंगीमा बिहान १०.०० बजेदेखि बेलुकी ५ बजेसम्म हुन लागेको विवाह उत्सवमा एकै छानामुनि सम्पूर्ण आधुनिक सुविधा सहितको व्यवस्था गरिएको छ।
उत्सवमा विवाह सम्बन्धी सम्पूर्ण प्रक्रिया प्रदर्शन गरिने आयोजकले जनाएको छ। विवाहको कार्ड छपाईदेखि अन्तिममा विवाहको फोटो, विवाहको उद्देश्य, विवाहलाई उत्सवको रुपमा कसरी मनाईन्छ र विवाह सम्पन्न गर्न के कस्तो श्रोत साधन आवश्यक पर्छ लगायतका प्रदर्शनी कार्यक्रममा गरिनेछ।
बेहुला बेहुलीले बिना कुनै झन्झट र दौडधुप कसरी आफ्नो वैवाहिक समारोह सम्पन्न गर्न सक्छन् भनेर देखाउनु कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा निःशुल्क सहभागी हुन भने पाइन्न। कार्यक्रमका लागि आयोजकले ९९९ रुपैयाँ शुल्क राखेको छ जसमा खाना र पेय पदार्थ तपाईँले पाउनुहुनेछ । annapurna