ओजोन तहबारे विश्व एकजुट, जलवायु परिवर्तनमा भिन्न

Loading

Peoples News तीस वर्षअघि विश्वले एउटा ठूलो पर्यावरणीय खतराको सामना गर्‍यो । शीतयुद्धकालीन विभाजनपछि दुवै पक्षका नेताहरू वैज्ञानिक सुझावहरूबाट प्रेरित भएर एकै ठाउँ भेला भए। नागरिक र उद्योगसँग हातेमालो गर्दै उनीहरूले पृथ्वीको ओजोन तहमा परेको “प्वाल” बढ्न नदिन तत्काल कदम चाले । आज पनि यो समस्या पूर्ण रूपमा हटिसकेको छैन। तर वैज्ञानिक प्रमाणले स्थितिमा बिस्तारै सुधार भएको सङ्केत गरेको छ ।हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनविरुद्ध गरिएको हाम्रो फितलो प्रयासभन्दा यो विवरण कति भिन्न छ भनेर छक्क पर्नुभयो? यी दुई पर्यावरणीय खतराबारे हाम्रो प्रतिक्रिया र त्यति बेलाको प्रयासमा ठूलो असमानता छ । त्यसैले ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस (१६ सेप्टेम्बर) मा हामीले सोधेका छौँ – पहिलाको पर्यावरणसम्बन्धी सफलतालाई दोहोर्‍याउन र जलवायु परिवर्तन रोक्ने कामका लागि सहमत हुन किन यति कठिन भएको? जब विज्ञानलाई गम्भीरतापूर्वक लिइन्छ सन्दर्भ र तत्कालीन तथा वर्तमान चुनौतीमा भिन्नता छ ।

जिनिभास्थित संयुक्त राष्ट्रसङ्घीय मौसम विज्ञानसम्बन्धी सङ्गठनको ग्लोबल एट्मस्फिअर वाच प्रोग्र्यामकी प्रमुख अनुसन्धानकर्ता ओक्साना टारासोभाका अनुसार ओजोन विज्ञान भएकाले त्यसकै आधारमा नीति बन्यो । “त्यतिबेला विज्ञानलाई गम्भीर रूपमा लिइएको थियो र राजनीतिक वृत्तले त्यसबारे उपयुक्त कदम चालेको थियो । नीतिनिर्माताहरूसँग पनि विज्ञानबारे संवाद भइरहेको सन्दर्भमा कदमहरू चालिएका थिए,” उनले थपिन्। सन् १९७३ मा युनिभर्सिटी अफ क्यालिफोर्निया-इर्भिनकी अनुसन्धानकर्ता मारि‌‌‌ओ मोलिनाले फ्रिजमा चिसो बनाउन प्रयोग हुने रासायनिक पदार्थ, प्लास्टिकका फोम र एरोसोल स्प्रेमा प्रयोग हुने रासायनिक पदार्थले माथिल्लो वायुमण्डलमा हुने ओजोन तहलाई नष्ट गर्नसक्ने पत्ता लगाइन्। तिनलाई क्लोरोफ्लोरोकार्बन अर्थात् सीएफसी भनियो । ब्रिटिश वैज्ञानिकहरूको टोलीले एन्टार्टिकामाथिको ओजोनमा एउटा नाटकीय परिवर्तन मापन गरेपछि मोलिनाको उक्त चेतावनीले सन् १९८५ मा मान्यता पायो । सबैभन्दा गर्मी दशकको सङ्घारमा विश्व
अत्यधिक चिसोका लागि ‘ग्लोबल वार्मिङ’ कसरी जिम्मेवार त्यसपछिका दुई वर्षमा उक्त महाद्वीपमा गरिएका दुईवटा खोजयात्रामा एमआईटीको वायुमण्डल रसायनशास्त्रकी प्राध्यापक सुसन सोलोमनले ओजोन तहमा क्षति पुर्‍याउनमा सीएफसी पनि दोषी रहेको पर्याप्त प्रमाण जुटाएकी थिइन्। द्रुत राजनीतिक कदम ओजोन तहमा परेको प्वाल र घरको छतमा प्वाल देखिने एउटा शक्तिशाली एउटा तस्बिरले ओजोन तह जोगाउने कदमका लागि समर्थन जुटाउन प्रेरित गर्‍यो । यसले छालाको क्यान्सरलगायत पराबैजनी विकिरणसँग सम्बन्धित छाला ढड्ने आदि समस्याबारे जनचेतना बढाउन सहयोग पुर्‍यायो ।

मानिसका क्रियाकलापले विश्वव्यापी तापमान वृद्धि भएको आजको मतभन्दा भिन्न वैज्ञानिकहरू ओजोन तहमा के कारणले प्वाल पार्न खोजिरहेको छ भनेर बहस गर्दैथिए । तर नेताहरूले भने जेसुकै भए पनि आफूसँग भएको प्रमाणकै आधारमा कदमहरू चाल्ने निधो गरे । अमेरिका, यूके र सोभियत सङ्घका सरकारहरूले शीतयुद्धकालीन प्रतिद्वन्द्वितालाई तत्कालका लागि पर सारेर समाधान खोजे । सन् १९८७ मा ओजोन तहलाई पातलो बनाइदिने रासायनिक पदार्थको प्रयोगमाथि प्रतिबन्ध लगाउने मन्ट्रीओल प्रोटोकलमा हस्ताक्षर भयो । सोलोमनका अनुसार संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले उक्त सन्धिलाई अनुमोदन गरे र त्यो नै विश्वव्यापी रूपमा अनुमोदन हुने पहिलो सन्धि बन्यो । त्यसमा कुल १९७ पक्षले हस्ताक्षर गरेका छन् । तिनमा संयु्क्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्र तथा न्यूए, कूक आइल्यान्ड्स, होली सी र युरोपेली सङ्घ पनि छन् । ‘सहकार्यको नमुना’ अमेरिकाका तत्कालीन राष्ट्रपति रोनल्ड रेगनले मोन्ट्रीओल प्रोटोकललाई “सहकार्यको नमुना” भन्दै त्यसको स्वागत गरे । टारासोभाले उक्त सहकार्य केवल राजनीतिक तहमा मात्रै नभई नीतिनिर्माता र वैज्ञानिकको तहमा पनि भएको बताइन् ।

“हामीसँग मूल्याङ्कन गर्ने पूरा प्रक्रिया छ र हामी एक्लै यो गरिरहेका छैनौँ,” उनले भनिन् । ओजोन तहको समस्यासँग जुझ्न वैज्ञानिक र नीतिनिर्माताले पनि सँगै काम गरेको टारासोभाले बताइन् “तपाईँले यदि नीति हेर्नुभयो भने त्यसले काम गरिरहेको छ कि छैन त्यो हेर्न तपाईँलाई साधन चाहिन्छ ।” “त्यसैले कहिलेकाहीँ नीतिनिर्माताहरू वैज्ञानिकहरूकहाँ जान्छन् र सोध्छन्: ‘के हामी सही मार्गमा छौँ, के तपाईँ हामीलाई सुझाव दिन सक्नुहुन्छ?’ त्यसैले मन्ट्रीओल प्रोटोकल एउटा सफलताको कथा हो ।” बृहत् चुनौती टारासोभा भन्छिन्, “मन्ट्रीओल ओजोनलाई पातलो बनाउने पदार्थको उपभोग र उत्पादनबारे हो र यसले सीमित सङ्ख्याका त्यस्ता जिम्मेवारलाई समावेश गर्छ ।” तर हरितगृह ग्यासको उत्सर्जनलाई नियन्त्रण गर्ने विषय “एकदमै व्यापक छ किनभने पूरै अर्थतन्त्र जीवाश्म इन्धनमा निर्भर छ ।” एक दशकमा दुनियाँ बदलियो तर यी कुराहरू बदलिएनन् अहिलेको जलवायु परिवर्तन दुई हजार वर्षकै इतिहासमा अतुलनीय “ऊर्जा सबै कुरा हो। र यसका लागि कदम चाल्नु निकै कठिन हुन्छ किनभने सबैले एउटै समयमा केही न केही कदम चाल्न खोजिरहेका हुन्छन्। यसका लागि हामीले काम गरिरहेको तरिकामा मौलिक परिवर्तन चाहिन्छ ।” विभिन्न अवसरमा अन्तर्राष्ट्रिय समुदायसँगै आएका छन् र शृङ्खलावद्ध सम्झौताहरूमा सहमति जनाएका छन्। तर पनि उत्सर्जन भने वृद्धि हुने क्रममै छ । हरितगृह ग्यास उतसर्जनमा कमी ल्याउनका लागि जीवश्म इन्धनमा कम निर्भर हुनु नै एउटामात्रै चुनौती हो उदाहरणका लागि रुसले पेरिस सम्झौतामा हस्ताक्षर गरेको छैन । हरितगृह ग्यास उत्सर्जन गर्नेमा विश्वकै दोस्रो ठूलो देश अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा पेरिस सम्झौताबाट पछि हट्यो र उसले आफ्नो नीतिलाई जीवाश्म इन्धनको विकासको मुद्दातर्फ अघि बढायो । युरोपेली आयोगका अनुसार अमेरिका विश्वमा कार्बनडाईअक्साइड उत्सर्जनका लागि १३ प्रतिशत जिम्मेवार छ भने रुस ४.६ प्रतिशत जिम्मेवार छ । ब्रजिल पनि नीतिविपरीत देखिएको छ जो कार्बनडाईअक्साइड उत्सर्जनका लागि २.४ प्रतिशत जिम्मेवार छ । जलवायु परिवर्तन: हिमालयको अधिकांश हिमनदी पग्लिने खतरा जलवायु परिवर्तनको असर ‘तीव्र गतिमा बढ्दै’ ब्रजिलमा कार्बनडाईअक्साइड उत्सर्जन गर्ने मुख्य कारक भनेको वनजङ्गलको विनाश हो र राष्ट्रपति जइर बोल्सोनारूको कार्यकालमा त्यस्तो क्रियाकलापमा वृद्धि भएको छ ।

यो विषयमा सन् १९८७ मा भएको मन्ट्रीओल प्रोटोकलमा कसरी प्रतिद्वन्द्वी नेताहरू रेगन, मिखाइल गोर्वाचेभ र मार्गरेट थ्याचर सम्झौतामा पुगे भन्ने विषयभन्दा एकदमै भिन्न छ । खराबलाई बेवास्ता तर विगतबाट पाठ सिक्नुपर्ने कुराहरू छन् र स्पष्ट लाभ पनि भएको छ । सन् २०१५ मा यूकेस्थित युनिभर्सिटी अफ लीड्सका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले यदि सन् १९८० मा ओजोनलाई पातलो बनाउने रासायनिक पदार्थमाथि प्रतिबन्ध नलगाइएको भए एन्टार्टिकामाथि ओजोनमा भएको छिद्र ४० प्रतिशतले ठूलो भइसक्ने अनुमान गरेका छन् । पेरिस सम्झौतामा रुसले कहिल्यै पनि हस्ताक्षर गरेन भने डोनाल्ड ट्रम्पले पनि त्यसबाट अमेरिकालाई अलग्याए उक्त अध्ययनले उत्तरी गोलार्धको मध्य अक्षांशमा ओजोन तह पातलो हुने र त्यहाँ आर्क्टिकमाथि समयसमयमा प्वाल भएको हुन सक्ने पत्ता लगाएको थियो । यूके, द नेदरल्यान्ड्स, जर्मनी र ग्रीसमा वैज्ञानिकहरूको एउटा समूहले गरेको अर्को अध्ययनले मन्ट्रीओल प्रोटोकलले छालाको क्यान्सर हुनबाट २० लाख मानिसलाई प्रतिवर्ष जोगाएको देखाएको थियो ।

मन्ट्रीओल प्रोटोकलमा हस्ताक्षर नभएको भए देखा पर्ने छालाको क्यान्सरका बिरामीहरूमा सन् २०३० सम्ममा प्रतिवर्ष १४ प्रतिशतले कमी आउने उनीहरूले बताएका थिए । सन् २०१८ मा गरिएको मूल्याङ्कनले सन् २००० यता प्रतिदशक एकदेखि तीन प्रतिशतको दरले ओजोन तहको विभिन्न भागमा सुधार आएको देखाएको थियो । जलवायु परिवर्तन: नेपाली बीउबारे थाहा छ ? अत्यधिक चिसोका लागि ‘ग्लोबल वार्मिङ’ कसरी जिम्मेवार संयुक्त राष्ट्रसङ्घका अनुसार प्रक्षेपण गरिएको दरमा उत्तरी गोलार्ध र मध्य अक्षांशमा ओजोनमा समस्या रहनेछैन। त्यस्तै सन् २०५० सम्ममा दक्षिणी गोलार्धमा पनि ओजोन तहमा समस्या हुने छैन भने ध्रुवीय क्षेत्रमा चाहिँ ओजोन असरमुक्त हुन सन् २०६० सम्म लाग्नेछ । ‘नभएको सहमति’ तर प्रगति गरिएको भए पनि ओजोन तहसँगको समस्या समाधानबाट टाढा छ र देशहरू समाधानका लागि निरन्तर सहकार्यमै छन् । ज्यानुअरीमा मन्ट्रीओल प्रोटोकलमा गरिएको संशोधन (किगाली संशोधन) कार्यान्वयनमा आयो जसले सीएफसीलाई विस्थापन गर्ने हाइड्रोफ्लोरोकार्बन(एचएफसी) को प्रयोग र उत्पादनलाई घटाएको थियो ।

एचएफसी हरितगृह ग्यासको एउटा सानो अंश भए पनि त्यो जलवायु परिवर्तनमा सघाउ पुर्‍याउन र्बनडाईअक्साइडभन्दा सयौँदेखि हजारौँ गुणासम्म शक्तिशाली हुन्छ । अहिलेको प्रक्षेपणअनुसार एन्टार्टिकामा ओजोन तह सन् २०६० सम्ममा पुनर्स्थापित हुन सक्नेछ किगाली संशोधनमा हस्ताक्षर गरेर देशहरूले अर्को ३० वर्षमा एचएफसीको उत्पादन र प्रयोगमा ८० प्रतिशतभन्दा बढी कटौती गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसले यो शताब्दीको अन्त्यसम्ममा ०.५ डिग्री सेल्सियस तापमान बढ्न दिँदैन । त्यसको साथै ओजोन नष्ट गर्ने रासायनिक पदार्थको गैरकानुनी उत्सर्जनसँग सङ्घर्ष गर्ने प्रयास जारी छ । मे महिनामा प्रकाशित एक अध्ययनले त्यस्तै एउटा पदार्थ सीएफसी-११ को वृद्धिको मुख्य स्रोत पूर्वी चीनको एउटा प्रान्तमा रहेको औँल्याएको थियो । ‘मानवजातिका सामु हालसम्मकै ठूलो खतरा’
जलवायु परिवर्तन: वैज्ञानिकहरूको कडा चेतावनी “त्यसैले ओजोन तहबारे यो दिवस मनाउन र मन्ट्रीओल प्रोटोकलको सफलताबारे कुरा गर्नु महत्त्वपूर्ण छ तर यो नै सम्झौता पूरा भएको होइन भनेर बुझ्न पनि उत्तिकै महत्त्वपूर्ण छ,” टारासोभाले भनिन् । “हामी सबै निगरानी रोक्न सक्दैनौँ र सबै स्याटलाइट खसाल्न सक्दैनौँ किनभने यो विकसित भइरहने समस्या हो। हामीले यसमाथि स्थायी रूपमा ध्यान पुर्‍याइरहनुपर्छ ।”

Leave a Comment