![]()
Peoples News नेपाल सरकारले साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमणहरूको निन्दा गरेको छ । “व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निसानामा पारिनु खेदजनक छ। राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सना गर्दछ,” परराष्ट्र मन्त्रालयले सोमवार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शनिवार ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको थियो । यमनमा सक्रिय इरान समर्थित हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ । साउदी अरबमा भएका आक्रमणमा ‘इरान संलग्न भएको प्रमाण’ साउदी अरबले उत्पादन घटाएपछि कच्चा तेलको मूल्य बढ्यो तर अमेरिकाले ती घटनामा इरान दोषी भएको आरोप लगाएको छ ।
तेलको भाउमा कस्तो प्रभाव?
शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले ले घटेको छ । तेल खानी र प्रशोधन केन्द्रमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ । शनिवार दुईवटा आक्रमण भएपछी साउदी अरबले तेल उत्पादन घटाएको छ
आक्रमणपछि व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेल परिसूचकमा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो। त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को परिसूचकमा कच्चा तेलको मूल्य १५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो ।
एक ब्यारलमा १५९ लिटर तेल हुन्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो।
त्यसपछि ब्रेन्ट परिसूचकमा प्रतिब्यारल ६६.२८ अमेरिकी डलर मूल्य कायम भएको छ ।
नेपालमा के होला ?
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण नेपालमा पनि असर पर्न सक्ने आकलन गरिएको छ ।
तर नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले तत्काल घरेलु बजारमा तेलको भाउ नबढ्ने बताए ।
नेपाल आयल निगमले आफूलाई आवश्यक हुने पेट्रोलियम पदार्थ भारतीय आयल निगमबाट लिने गरेको छ । ड्रोन हमलाका कारण साउदी अरबका तेल प्रशोधनस्थलमा आगलागी साउदी अरबले उत्पादन घटाएपछि कच्चा तेलको मूल्य बढ्यो भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिख नयाँ मूल्यसूची पठाउने गर्छ । “आज सोमवार नै आएको पछिल्लो मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव परेको छैन। अर्को मूल्यसूची अक्टोबर १ तारिखमा आउँदा त्यसको प्रभाव पर्न सक्छ,” उनले बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै बताए । उनका अनुसार विद्यमान मूल्यसूचीका कारण आउँदो दुई सातासम्म घरेलु बजारमा त्यसको असरले मूल्य बढ्ने सम्भावना कमै छ । BBC