![]()
Peoples NEWS : इलाम– नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। उनले विज्ञप्ति जारी गरी पार्टी परित्याग गरी सत्तारुढ दल नेकपा प्रवेशको घोषणा गरोक हुन् ।

उनलाई गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो भने हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत इलामले उनलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।