![]()
Peoples News : अस्ट्रेलियामा एउटा रिसाहा चरोबाट जोगिन खोज्दा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ । एउटा म्याग्पाई चरोले आफूलाई झम्टिन आएपछि ती ७६ वर्षीय वृद्ध तर्किन खोजेका थिए। प्रहरीका अनुसार त्यही बेला उनको साइकल अनियन्त्रित भयो र एउटा उद्यानको बारमा ठोकियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्वास्थ्यकर्मीले उनलाई जोगाउने प्रयास गरेका थिए। तर अस्पतालमा उनको मृत्यु भयो । उक्त घटना दक्षिणी सिड्नीमा शनिवार भएको थियो । अस्ट्रेलियामा वसन्त ऋतुका बेला म्याग्पाईले मानिसलाई झम्टिने गर्छ। उक्त चराको आक्रमणमा परेर साइकलयात्री तथा पैदलयात्री घाइते हुने गरेका छन् । राष्ट्रिय चरा डाँफे संकटमा किन गर्मीयामका पाहुना चरा स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त उद्यानमा पहिला पनि मानिसहरू म्याग्पाई चराको आक्रमणमा परेका थिए । अस्ट्रेलियामा पाइने म्याग्पाई युरोपमा पाइने म्याग्पाई नामक चराभन्दा भिन्न प्रजातिको हो । समागम गर्ने याममा ती चराहरू निकै आक्रामक हुन्छन् । यही महिना स्थानीयवासीलाई दु:ख दिने एउटा रिसाहा म्याग्पाईलाई गोली हानेर मारिएपछि सिड्नीमा विवाद उत्पन्न भएको थियो । कानुनले म्याग्पाईलाई संरक्षित पक्षी मानेको छ।