स्मार्ट लाइसेन्स लाखौँ, तर जाँच मेसिन जम्मा एउटा

Loading

Peoples News : हालसम्म १६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण भइसकेपनि ट्राफिक प्रहरीसँग त्यसको जाँच गर्ने मेसिन एउटामात्र छ । यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स बाँड्ने कामलाई तीव्रता दिएपनि कार्ड पढ्न सक्ने मेसिन नहुँदा परीक्षण र अनुगमनमा समस्या परेको अधिकारीहरूले बताएका छन् । नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका प्रमुख डिआईजी दिपककुमार थापा भन्छन्: “चालकले बोकेको अनुमतिपत्र सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ ।” तर विभागका अधिकारीहरू भने यसै वर्ष सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्ने बताउँछन् ।

स्मार्ट लाइसेन्स: ‘१५ महिनापछि पनि रित्तो हात’
महिला ट्याक्सी ड्राइभर ईश्वरी थापा भन्छिन्, ‘आँटले सिकाउँछ’
बोलपत्रमा गल्ती विभागले गत वर्ष ६० वटा मेसिन किनेपनि बोलपत्र गर्दा कार्ड पढ्ने चिप छुटेका कारण ती प्रयोगमा आउन सकेका छैनन् । पुरानो कागजी लाइसेन्सलाई विस्थापित गर्दै हालसम्म १६ लाख स्मार्ट लाइसेन्स वितरण गरिसकिएको छ । लाइसेन्स वितरणमा ढिला-सुस्ती भएपछि मासिक साढे दुई लाख लाइसेन्स छाप्ने मेसिन विभागमा ल्याइएको बताइएको छ। यसै वर्ष सबैलाई स्मार्ट लाइसेन्स बाँडिसक्ने विभागले जनाएको छ । महानिर्देशक गोगनबहादुर हमालले भन्छन्: “यो वर्ष पनि हामी [पढ्ने मेसिन] किन्छौँ र गत वर्ष किनेकाहरूमा पनि चिप राख्छौँ ।”

नयाँ मेसिन किन्न बोलपत्रका लागि तयारी भइरेहेको हमाल बताउँछन्। लाइसेन्स जाँचमा समस्या
चालकले जाँचका बेला देखाउने स्मार्ट लाइसेन्स नक्कली वा सक्कली के हो छुट्ट्याउन र चालकको वैयक्तिक एवम् ट्राफिक कारबाहीको विवरण थाहा पाउन मेसिन आवश्यक पर्छ । ट्राफिक निर्देशनालयका थापा भन्छन्: “जम्मा एउटा मेसिन छ, त्यहीले काम चलाएका छौँ ।”
“जिल्लाहरूमा त छँदै छैन। हामीले यातायात व्यवस्था विभागसँग मेसिनको माग गरिरहेका छौँ।”

विभागले भने यसै वर्ष प्रहरीलाई मेसिन दिने बताएको छ । हमाल भन्छन्: “हामी ट्राफिकको केन्द्रलाई दिन्छौँ। उनीहरूले देशभरका आफ्ना कार्यालयहरूलाई वितरण गर्छन्। हाम्रा कार्यालयहरूमा पनि रहन्छ ।” असी हजार जनताको हातमा राष्ट्रिय परिचयपत्र, गोपनीयताको चिन्ता उस्तै

राष्ट्रिय परिचयपत्र: तपाईँको सूचना कति सुरक्षित ? राष्ट्रिय परिचयपत्रको पनि उस्तै अवस्था
लाइसेन्स जस्तै अवस्था राष्ट्रिय परिचयपत्रको पनि छ । हालसम्म ८० हजार राष्ट्रिय परिचयपत्र बाँडिसकिएको छ भने यसै वर्ष ७७ वटै जिल्लामा एकसाथ वितरण सुरु गर्न लागिएको छ । तर सरकारका निकायहरूमा उक्त कार्ड पढन सक्ने मेसिन र सफ्टवेरको व्यवस्था छैन । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले समिति गठन भएको र कार्डको वितरणसँगै मेसिनको व्यवस्था हुने बताए । BBC

Leave a Comment