![]()
Peoples NEWs काठमाडौँ — प्रहरीले गोली हानी काठमाडौंको गोलढुंगाबाट गुन्डागर्दीमा संलग्न साजन गुरुङलाई नियन्त्रणमा लिएको छ । फरार सूचीमा रहेका धादिङका गुरुङलाई पक्राउ गर्न प्रहरीले शुक्रबार दिउँसो गोली चलाएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुल थापाका अनुसार गुन्डा गुरुङको दुवै खुट्टामा गोली लागेको छ। उनलाई ट्रमा सेन्टरमा ल्याइँदै छ ।
गुन्डागर्दीमा संलग्न गुरुङ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्त मानिएका समिरमान बस्नेत निकटका रहेको एसएसपी थापाले बताए। बस्नेत केन्द्रीय कारागारमा छन् । पक्राउ परेका गुरुङले बालुवाखानी सञ्चालक, निर्माण व्यवसायी र प्रहरीलाई समेत धम्क्याउने गरेको प्रहरीमा उजुरी परेको थियो।
