चाडबाड आउनै लाग्दा घट्न थाल्यो सुनको मूल्य

Loading

Peoples News काठमाडौँ – तीजको बेलमा उकालो लागेको सुनचाँदीको भाउ क्रमस घट्न थालेको छ । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा सात सय रुपैयाँ घटेको छ । सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ७ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । झण्डै तोलाको ७५ हजार आसपास पुगेको सुनको मुल्य ७० हजार आसपासमा आइपुगेको हो । सुनको मुल्य बढेसँगै नेपाली बजारमा सुनको खपत कम हुन थालेको छ ।

Leave a Comment