Peoples NEWS KTM राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘असोज ३’ लाई ‘कालो दिन’को रुपमा मनाउने निर्णय गरेको छ । संविधान संशोधनको मुद्दा हालसम्म सम्बोधन नभएको भन्दै राजपाले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो । राजपा संयोजक राजकिशोर यादवको संयोजकत्वमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सो दिन देशव्यापी रुपमा विरोध दिवस मनाउने निर्णय गरिएको राजपाले जनाएको छ । संविधान संशोधनका लागि कुनै पहल नभएपछि सरकारले सो दिनलाई भव्य
रुपमा मनाउने तयारी गरिरहँदा राजपाले पहिले झैँ यो कार्यक्रमलाई निरन्तरता
दिएको जनाएको छ ।