के अनलाइन मानसिक स्वास्थ्यका लागि ठिक छ ?

Loading

Peoples News ktm अनलाइन सामाजिक सञ्जालले के हाम्रो मानसिक स्वास्थ्यमा हानि पुर्‍याइरहेको छ ? गत वर्ष सामाजिक सञ्जालमा ‘इन्फ्लुएन्सर’ भनिने धेरै चर्चा र फलोअर भएका संसारभरिका व्यक्तिहरूले आफ्नो मानसिक स्वास्थ्यस्थितिबारे कुराकानी गरे । प्राय: युवा नै भएका ती व्यक्तिहरू इन्टरनेटको माध्यमबाट पैसा कमाउने गर्छन् । उनीहरूले आफ्नो मन विचलित भइरहने वा व्याकुल अनुभूति हुने, एकदमै थाकेको अनुभव हुने र उदासीनता अर्थात् डिप्रेशनमा जाने गरेको बताएका छन् । हामी पनि आफ्नो व्यक्तिगत जीवनका कुराहरू अनलाइनमा प्रसारण गर्ने गर्छौँ। के त्यो हाम्रो मानसिक अवस्थाका लागि लाभदायक छ त ?

बीबीसीकी जनसङ्ख्या सम्वाददाता स्टेफ्नी हेगार्टीले आफ्नो मानसिक स्वास्थ्यबारे अनलाइनमा चर्चा गर्ने केही चर्चित व्यक्तिहरूलाई भेटेर उनीहरू किन त्यसो गर्छन् भन्ने पत्ता लगाउन खोजेकी छन् ।
सामाजिक सञ्जालको प्रयोगले हामीजस्ता प्रयोगकर्तामा कस्तो प्रभाव परिरहेको छ र उनीहरूको अनुभवबाट कस्तो शिक्षा लिन सकिएला ?

Leave a Comment